
काठमाडौं ।
रोकुले आफ्नो स्मार्ट होम उपकरणको पोर्टफोलियो विस्तार गर्ने भएको छ। रेडिट प्रयोगकर्ता र ज्याट नट फन्नीको रिपोर्ट अनुुसार रोकुले स्मार्ट बल्ब, लाइट स्ट्रिप र सेक्युरेटी क्यामराका साथ स्मार्ट होम पोर्टफोलियो विस्तार गर्ने भएको इनग्याजेटले लेखेको छ।
सेतो लेबल गरिएको वाइजमा देखिन्छ। रोकुले स्मार्ट होम च्यानल र मोबाइल एपमा काम गरिरहेको छ।
वालमार्टको वेबसाइटबाट लिइएको तस्बिरहरुमा रोकु सेतो र रंगीन स्मार्ट बल्ब, रोकु लाइटस्टिप, रोकु स्मार्ट प्लग, रोकु इनडो र आउटडोर सेक्यूरिटी क्याम, रोकु प्यानि क्यामहरु देखिएको छ। यी उपकरण हरु वाइज क्याम भी३, क्याम प्यान भी२, बल्ब कलर र अन्य उत्पादनहरु जस्तै छन्।
टिभी र स्मार्टफोन एपबाट रोकुले प्रयोगकर्ताहरुलाई क्यामरा फिड, बल्ब, स्मार्ट प्लगहरु देखाउन र नियन्त्रण गर्ने सुविधा उपलब्ध गराउने छ। ती उत्पादनहरुको मूल्य निर्धारण गरिएको छैन। वाइज उत्पादनहरु जस्तै ३४ अमेरिकी डलरमा क्याम प्यान भी२ र २३ अमेरिकी डलरमा वाइज बल्ब कलर नेस्ट र पिलिप्सको तुलनामा तुलनात्मक रुपमा सस्तो हुने विश्वास गरिएको छ।
प्रकाशित: २६ आश्विन २०७९, बुधबार