अनर ७० सिरिज पोर्टफोलियो बढ्दै, अनर ७० एसई बजारमा आउँदै

  • Technology Khabar | २६ आश्विन २०७९, बुधबार

काठमाडौं ।

यस वर्षको शुरुवातमा अनरले चीनमा अनर ७०, ७० प्रो र ७० प्रो प्लस सार्वजनिक गरेको थियो। केही कम्पनी अघि कम्पनीले बेलायत र अन्य विश्वव्यापी बजारमा अनर ७० उपलब्ध गराएको थियो।

कम्पनीको अनर ७० सिरिज पोर्टफोलियो अझै विस्तार गर्ने योजनामा कम्पनी रहेको गिज्मोचाइनाले उल्लेख गरेको छ। रिपोर्ट अनुसा अनर ७० एसई थ्रीसी सर्टिफिकेसन वेबसाइटमा देखिएको छ।

६६ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने अनर ७० एसई जीआईए–एएन८० मोडल नम्बरमा सूचीकृत भएको छ। डिभाइसको चार्जर मोडल नम्बर एचएन–११०६००सी६०० रहेको छ।

अनर ७० एसईको ६.७८ इन्चे फुल एचडी प्लस ओएलइडी स्क्रिनले १२० हर्ज रिफ्रेस रेट र १९२० हर्ज पीडब्ल्यूएम डिमिङ फ्रिक्वन्सी प्रदान गर्छ। स्न्यापड्रागन ७७८ जी प्लस एसओसी सहित अनर स्वामित्वको जीपीयू टर्बो एक्सले डिभाइसलाई पावर दिन्छ। अनर ७० एसई ८ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध छ।

ट्रिपल रियर क्यामरा भएको स्मार्टफोनमा ५४ मेगापिक्सलको आईएमएक्स८०० सुपर सेन्सिङ मुख्य क्यामरा, ५० मेगापिक्सलको अल्ट्रा वाइड तथा म्याक्रो क्यामरा र २ मेगापिक्सलको डेप्थ सेन्सर छ। सेल्फी र भिडियो कलिङका लागि फ्रन्टमा ३२ मेगापिक्सलको क्यामरा दिइएको छ।

४८०० एमएएचको ब्याट्रीले ६६ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ। डिभाइसमा प्रि इन्स्टल यूआई ६.१ मा आधारित एन्ड्रोइड १२ छ।

प्रकाशित: २६ आश्विन २०७९, बुधबार

तपाइको प्रतिक्रिया