विद्युतीय माइक्रोबस सञ्चालनमा

  • Technology Khabar | २३ आश्विन २०७९, आईतवार
विद्युतीय माइक्रोबस सञ्चालनमा

काठमाडौं ।

लामो समयको प्रतीक्षापछि अभयपुर यातायात प्रालि दोलखाले यहाँ दुईओटा विद्युतीय माइक्रोबस सञ्चालन गरेको छ। सार्वजनिक यातायातका रूपमा प्रयोग गर्न ल्याइएको गाडी अहिले परीक्षणकारूपमा सञ्चालन गरिएको अभयपुर यातायात प्रालिका अध्यक्ष र विन श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार अहिले परीक्षणकारूपमा जिल्लाको जिरी, सिँगटी, लामाबगर, रामेछापको मन्थली, काठमाडौँमा सञ्चालन गरिएको हो।

कम्पनीले सिन्धुपाल्चोकको खाडीचौर र दोलखामा चार्जिङ स्टेसन राख्न लागेको छ। अहिले दोलखामै ६ किलोवाटबाट चार्जिङ गर्ने गरिएको छ। यो भन्दा बढी गर्न २२० भोल्ट विद्युत् आवश्यक पर्ने हुँदा नेपाल विद्युत प्राधिकरणसँग समन्वय भइरहेको छ।

सबै प्रबन्ध मिलेपछि निकट भविष्यमा दोलखादेखि काठमाडौंसम्म सञ्चालन हुने जानकारी दिँदै अध्यक्ष श्रेष्ठले भने, “प्रालिले चिनियाँ कम्पनीको माइक्रो बस ल्याएको हो। यो गाडी एक पटकको फुलचार्ज’ मा २५० किलोमिटर गुड्ने र यो गाडीलाई घरको लाइनबाट चार्ज गर्दा पाँच घण्टा लाग्ने गरेको छ।”

अरू गाडीभन्दा भाडा सस्तो हुने देखिएको यो गाडी पहिलो पटक हिमाली जिल्ला दोलखामा सार्वजनिकरूपमा सञ्चालनमा ल्याइएको हुँदा स्थानीय सरकार सहितको सहयोग भएमा सहज हुने अध्यक्ष श्रेष्ठले बताए। गोरखापत्रबाट

प्रकाशित: २३ आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार