
काठमाडौं ।
बेलायतले प्रतिस्पर्धा चिन्तामा स्याटेलाइट कम्पनीहरु भियास्याट र इन्मरस्याट मर्जरको छानबिनलाई गहिरो बनाएको छ।
यूके प्रतिस्पर्धा र बजार प्राधिकरण (सीएमए) ले इन्मरस्याट र भियास्याटको मर्जरमा दोस्रो चरणको अनुसन्धान गरिने उल्लेख गरेको छ। जसमा यो सम्झौताले बेलायतमा प्रतिस्पर्धालाई उल्लेखनीय रूपमा घटाउन सक्ने बताइएको छ।
यसअघि दुबैले राष्ट्रिय सुरक्षा र लगानी ऐन अन्तर्गत मर्जरका लागि बेलायत सरकारको स्वीकृति प्राप्त गरेका थिए।
अमेरिकाको क्यालिफोर्नियामा रहेको भियास्याटद्वारा ७.३ अर्ब डलरमा अधिग्रहण गर्ने प्रस्तावमा इन्मरस्याट सहमत भएको हो।
इन्मरस्याटले मोबाइल स्याटेलाइट सेवाहरू प्रदान गर्दछ जसले इमेल, इन्टरनेट र भिडियो कन्फरेन्सिङ, साथै इन-फ्लाइट वाईफाई प्रदान गर्दछ। पृथ्वीको कक्षमा यसको १४ स्याटेलाइट (उपग्रह) हरू छन् र अर्को सात ओटा प्रक्षेपण गर्ने योजना छ।
प्रकाशित: २३ आश्विन २०७९, आईतवार