इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

  • Technology Khabar | २३ आश्विन २०७९, आईतवार
इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

काठमाडौं ।

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा बुधबार एक युवकको मृत्यु भएको छ।

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी अधिकारीले जानकारी दिए।

उनको घटनास्थलमै मृत्यु भएको हो।

इन्टरनेट जडानका लागि विद्युतीय पोलमा चढ्दा इङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...