टेलिग्रामले भारतमा घटायो प्रिमियम सब्सक्रिप्शन योजनाको मूल्य

  • Technology Khabar | २३ आश्विन २०७९, आईतवार
टेलिग्रामले भारतमा घटायो प्रिमियम सब्सक्रिप्शन योजनाको मूल्य

काठमाडौं ।

टेलिग्रामले आफ्नो प्रिमियम मासिक सदस्यता योजनाको मूल्यमा छुट दिएको छ, जुन भारतका विशेष प्रिमियम प्रयोगकर्ताहरूका लागि लागु गरिएको हो।

यो छुट प्रयोगकर्ताहरूलाई ठूलो रकममा दिइएको छ, जसपछि टेलिग्राम प्रिमियम सदस्यताको मूल्य भारु ४६९ बाट झरेर अहिले भारु १७९ मा पुगेको एक मिडिया रिपोर्टमा उल्लेख छ। टेलिग्रामले भारतमा आफ्ना प्रयोगकर्ताहरूलाई पठाएको सन्देशमार्फत यो ठूलो छुटको घोषणा गरेको हो।

जानकारीका अनुसार भारतमा १२ करोडभन्दा बढी टेलिग्राम प्रयोगकर्ताहरू छन् । ग्लोबल प्रिमियम प्रयोगकर्ताहरूको लागि टेलिग्रामको मासिक सदस्यता ४.९९ डलरदेखि ६ डलरसम्म छ। भारत टेलिग्रामको मुख्य बजारमध्ये एक भएकोले टेलिग्रामको फोकसमा भारतीय प्रयोगकर्ताहरू रहेको बताइएको छ। यसको भारतमा ७ करोड भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू छन्।

टेलिग्राममा नि:शुल्क प्रयोगकर्ताहरूले २ जीबीसम्मको फाइलहरू अपलोड गर्न सक्छन् भने टेलिग्राम प्रिमियम प्रयोगकर्ताहरूले ४ जीबीसम्मका फाइलहरू सजिलै अपलोड गर्न सक्छन्। साथै, कम्पनीले प्रिमियम प्रयोगकर्ताहरूले मिडिया वा अन्य कुनै पनि फाईल छिटो गतिमा डाउनलोड गर्न सक्ने दाबी गरेको छ। टेलिग्रामले आफ्ना प्रिमियम प्रयोगकर्ताहरूलाई दोब्बर उपयोग सीमा दिन्छ।

यसका साथै, विज्ञापनहरू टेलिग्रामका प्रिमियम प्रयोगकर्ताहरूका लागि देखिँदैनन्।

प्रकाशित: २३ आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार