
काठमाडौं ।
चीनको सफ्टवेयर उद्योगले वर्षको पहिलो आठ महिनामा व्यापार राजस्वमा वार्षिक रूपमा ९.८ प्रतिशतले वृद्धि गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ।
जनवरीदेखि अगस्टसम्म यस क्षेत्रको कुल राजस्व ६.४४ ट्रिलियन युआन (लगभग ९०७.०७ अर्ब अमेरिकी डलर) रहेको उद्योग तथा सूचना प्रविधि मन्त्रालयको तथ्यांकले देखाएको चिनिया समाचार एजेन्सी शिन्ह्वाले जनाएको छ।
यस अवधिमा यस क्षेत्रका कम्पनीहरूले संयुक्त नाफामा ६९५.२ बिलियन युआन कमाएका छन्, जुन वार्षिक दरको तुलनामा ३.६ प्रतिशतले बढेको छ।
यस अवधिमा चीनको सफ्टवेयर सेवाको निर्यात वार्षिक रूपमा ४.८ प्रतिशतले बढेर ३४.४ बिलियन अमेरिकी डलर पुगेको छ।
प्रकाशित: २३ आश्विन २०७९, आईतवार