
काठमाडौं ।
गुगलले आधिकारिक रूपमा आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गरेको छ।
कम्पनीले पिक्सेल सेभेन सिरिज, पिक्सेल स्मार्टवाच र पिक्सेल ट्याब्लेट एक कार्यक्रमकाबीच सार्वजनिक गरेको सीएनबीसीले जनाएको हो।
गुगलले पहिलो पटक सार्वजनिक गरेको स्मार्टवाच पिक्सेल वाचमा, एप्पल वाच सिरिज ८ को जस्तै हेल्थ फिचरहरू रहेको जनाएको छ।
यो वाचमा सर्कुलर डोम सेप्ड डिस्प्ले रहेको छ। यसमा अलवेज अन डिस्प्ले, १.२ ईन्च एमोलेड प्यानल र थ्रीडी कोर्निङ गोरिल्ला ग्लास रहेको छ।
यस्तै यस वाचमा ब्ल्याक, सिल्भर र गोल्ड कलर रहेका छन्। गुगलको पहिलो स्मार्टवाच एक्सिनोज ९०११० चिपसेटद्वारा सञ्चालित रहेको छ भने २ जीबी र्याम र ३२ जीबी इन्टर्नल स्टोरेज छ।
यसमा ५.० भर्जनको ब्लुटुथ, वाई-फाई फिचर, एनएफसी र जीपीएस कनेक्टीभीटी अप्सन रहेका छन्। यो पिक्सेल वाच ओएस ३.५ द्वारा सञ्चालित हुन्छ। यसमा गुगल म्याप, गुगल असिस्टेन्ट, गुगल फोटोज जस्ता एपहरू छन्।
फिटबिट एप प्रयोग गरेर आफ्नो स्वास्थ्य अवस्थालाई ट्रयाडिङ पनि गर्न सकिन्छ। यो वाचले स्टेप ट्रयाकिङ, हर्ट रेट र स्लिप मनिटरिङ जस्ता फिचरहरू उपलब्ध गराएको छ।
यो वाचको मूल्य ३४९.९९ अमेरिकी डलरदेखि ३९९.९९ अमेरिकी डलरसम्म निर्धारण गरिएको छ। विश्व बजारमा यो वाच यही अक्टुबर १३ गते बिहिबारदेखि छाउने गुगलले जनाएको छ।
प्रकाशित: २२ आश्विन २०७९, शनिबार