काठमाडौं ।
ट्विटरले अमेरिकामा रहेको पेड सब्स्क्राइबरहरुलाई एडिट बटनको सुविधा दिन सुरु गरेको छ।
यसअघि क्यानडा, अष्ट्रेलिया र न्यूजिल्यान्डमा सुरु भइसकेको थियो। अमेरिका लगायत ४ ओटा देशमा ट्विटर प्रयोगकर्ताहरुले लामो समयदेखि आफ्नो ट्वीट परिमार्जन गर्नलाई एडिट बटनको सुविधा दिन आग्रह गर्दै आएका थिए।
औपचारिक ट्वीट गर्दै एडिट बटनलाई थप बिस्तार गर्दै जाने र अहिले माग अनुसारका देश र पेड भएपनि सबै एकाउन्टमा यो सेवा सुरु गरिने ट्विटरले जनाएको छ।
प्रकाशित: २२ आश्विन २०७९, शनिबार