३ गुणाले बढ्यो विद्युतीय सवारीको आयात

  • Technology Khabar | २२ आश्विन २०७९, शनिबार
३ गुणाले बढ्यो विद्युतीय सवारीको आयात

काठमाडौं ।

नेपालमा विद्युतीय सवारीको आयात बढेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० को भदौमसान्तसम्म ४१४ यूनिट विद्युतीय सवारी आयात भएको छ। गत आवको सोही अवधिमा १४३ यूनिट विद्युतीय सवारी आयात भएको छ।

सरकारले विदेशी सञ्चिति जोगाउन जैविक इन्जिनबाट सञ्चालन हुने सवारी साधनको आयातमा अस्थायी प्रतिबन्द गरेसँगै चार पांग्रे विद्युती सवारीको आयात करिब ३ गुणाले बढेको हो।

गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा विद्युतीय सवारीको आयात २८१ प्रतिशतले बढेको छ।

चालु आवमा १ अर्ब १९ करोड ४३ लाख रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको छ। यसबाट सरकारले ४० करोड ७७ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ।

चालु आवको पहिलो दुई महिनामा १ अर्ब १३ करोड ३९ लाख रुपैयाँ बराबरको १०० किलोवाटसम्मका ४०२ वाट विद्युतीय सवारी नेपाल भित्रिएका छन्। १०० देखि २०० किलोवाटसम्मका १० र २०० देखि ३०० किलोवाटसम्मका २ यूनिट विद्युतीय सवारी नेपाल भित्रिएका छन्।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत १०० किलोवाट मोटर समक्षाका विद्युतीय सवारीमा अन्तःशुल्क नलगाउने व्यवस्था गरेसँग आयातमा वृद्धि भएको छ।

प्रकाशित: २२ आश्विन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...