
काठमाडौं ।
चालु आर्थिक वर्षको २०७९/८० को पहिलो महिनादेखि सरकारले शुरु गरेको वैदेशिक रोजगारीबाट फर्किएकाहरूको विवरण अनलाइनबाट थाहा हुने भएको छ।
सरकारले अनलाइन सेवालाई प्राथमिकता दिएसँगै बैदेशिक रोजगारबाट फर्कने र बाहिर जानेको विवरण अनलाइनबाट हेर्न तथा बुझ्न सकिने भएको वैदेशिक रोजगार विभागले जनाएको छ।
विमानस्थलमै स्वदेश फर्किनेहरूको विवरण सङ्कलन गर्न विभागलले जिम्मेवारी पाएसँगै सबै तथ्यांक अनलाईनमा हेर्न सकिने भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
चालु आर्थिक वर्षको २०७९/८० को पहिलो महिना साउनमा ३५ हजार ६०५ जना स्वदेश फर्किएका छन्।
श्रम मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुनः एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७९ का लागि २१ असार २०७९ को मन्त्रिपरिषद् बैठकले पारित गरेपछि राजपत्रद्वारा जारी भएको थियो। जसअनुसार विवरण सुरक्षित पार्न सकिनुका साथै https://dofe.gov.np/ सबै थाहा हुने भएको छ।
प्रकाशित: २१ आश्विन २०७९, शुक्रबार