
काठमाडौं ।
कार निर्माता स्टेलान्टिसका प्रमुख, कार्लोस टावरेसले अर्को वर्षको अन्त्यसम्म सेमीकण्डक्टर/अर्धचालक आपूर्ति श्रृंखला कडा रहने अपेक्षा गरेका छन्।
“परिस्थिति २०२३ को अन्त्यसम्म धेरै जटिल रहनेछ, त्यसपछि अलिकति सहज हुनेछ,” फ्रान्सेली अखबार ले पेरिसियनमा आइतवार प्रकाशित साक्षात्कारमा भने, “सेमिकन्डक्टर निर्माताहरुलाई हामी संग फेरि व्यापार गर्न चासो छ, विशेष गरी उनीहरुले मूल्यहरु बढाइरहेका छन्।”
विगत केही वर्षहरूमा, सेमिकन्डक्टर चिप्सको अभाव, कोभिड-१९ महामारीको प्रभावका अन्य कारकहरूका कारणले गर्दा, विश्वव्यापी अटोमेकरहरूलाई लाखौं कारहरूको उत्पादन योजनाहरू खारेज गर्न बाध्य पारेको छ। अभावहरू अब सहज हुँदैछन्, तर कार कम्पनीहरूलाई नयाँ र स्थायी लागत हुने रोयटर्सले जनाएको छ।
फ्रान्समा, अभावले निर्माताहरूको बिक्रीमा अझै असर गरेको छ। नयाँ कार दर्ताहरू गत महिना ५% ले बढेको समाचारमा उल्लेख छ।
प्रकाशित: १८ आश्विन २०७९, मंगलवार