दशैंमा इन्टरनेट कम्पनीले ल्याएका अफर यस्ता छन्

  • Technology Khabar | १८ आश्विन २०७९, मंगलवार
दशैंमा इन्टरनेट कम्पनीले ल्याएका अफर यस्ता छन्

काठमाडौं ।

दशैंमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरु (आइएसपीहरु)ले सस्तो मूल्यमा इन्टरनेटको अफर ल्याएका छन्।

दशैंको बेला ग्राहक आकर्षित गर्न सबै ठूला इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको अफर ल्याएका हुन्।

वर्ल्डलिंक, क्लासिक टेक, भायनेट, सुबिसु, डिसहोमले आफ्ना ग्राहकलाई विश्वास दिलाउन र नयाँ ग्राहक तान्न दशैं लक्षित अफर सार्वजनिक गरेका हुन्।

वर्ल्डलिंकले नेटटिभीसँग मिलेर दशैंको ‘फेस्टिभिटी’ अफर ल्याएको जनाएको छ।

वर्ल्डलिंकले भ्याटबाहेक २५ हजार ९०० रुपैयाँमा ३२ इन्चको यासुदा एलइडी टिभी, १ वर्ष २०० एमबीपीएस इन्टरनेट र नेटटिभी सब्स्क्रिप्सन उपलब्ध गराउने भएको हो।

एउटा डुअल ब्यान्ड राउटर, नोकिया मेस राउटर बिकन १.१ र नेटटिभी सेटअप बक्सको अफर ल्याएको छ। वल्र्डलिंकले ४३ इन्चको यासुदा स्मार्ट टिभीसहितको प्याकेजलाई भने भ्याटबाहेक ३८ हजार ४८८ रुपैयाँ पर्ने उल्लेख गरेको छ।

यस्तै क्लासिक टेकले चाडपर्व लक्षित फेस्टिबल अफर ल्याएको छ। दशैं स्मार्ट टिभी अफरमा क्लासिक टेकले ५० एमबीपीएस, ८० एमबीपीएस र १०० एमबीपीएसको खरिदमा थप पैसा हालेर ३२ इन्चको एलइडी टिभी र ४३ इन्चको स्मार्ट टिभी पाउने सुविधा दिएको छ।

भ्याटबाहेक ३२ इन्च टिभीको मूल्य १३ हजार २७३ र ४३ इन्च टिभीको २५ हजार ६६३ रुपैयाँ पर्ने क्लासिक टेकको अफर छ।

यस्तै भायनेट इन्टरनेट सेवा प्रदायक कम्पनीले अतिरिक्त राउटर र टिभी सेटमा ५१% छुट दिने भएको छ। दशैंमा अफर राख्दै भायनेटले इन्टरनेट र भायटिभी दिने भएको छ। यसले दशैं अफरमा अल्ट्राफाइ प्लान भन्दै १ वर्षको इन्टरनेट खरिद गर्ने उपभोक्तालाई नोकिया बिकन राउटर १.१ मेस राउटर वा एमआइ फोर ए डुअल ब्यान्ड राउटर अतिरिक्त दिइरहेको छ।

भायटिभीको वार्षिक सब्स्क्रिप्सन लिने ग्राहकहरुलाई भायनेटले हिमस्टारको टिभी ५१ प्रतिशत छुट राखेको छ। भायनेटले ३२ इन्चको एलइडी टिभी १३ हजार ६९९ रुपैयाँ र ४३ इन्चको स्मार्ट टिभी २७ हजार ४९९ रुपैयाँमा दिइरहदै ग्राहकलाई आकर्षित पारिरहेको छ।

यसैगरी इन्टरनेट सेवा प्रदायक सुबिसुले दशैं तिहार स्मार्ट अफर भन्दै स्मार्ट डिल, स्मार्ट सेभिङ र स्मार्ट स्पिड बिक्रि गरिरहेको छ।

सुविसुले ३ महिना र त्योभन्दा बढीको प्याकेज खरिद गर्नेलाई ३२ इन्चको स्मार्ट टिभी १५ हजार ९९९ रुपैयाँ र ६.५ इन्च स्मार्टफोन १४ हजार ५०० रुपैयाँमा उपलब्ध गराएको छ। सुबिसुले स्मार्ट सेभिङअन्तर्गत १०० एमबीपीएस इन्टरनेटको ३ महिनाको अवधिमा ४ हजार ९९९ रुपैयाँमा दिने गरेको छ।

यस्तै सुबिसुले १ वर्षको समयका लागि ११ हजार ९९९ रुपैयाँमा बिक्रि गरेको छ। यसैगरी ३ महिनाको लागि ३०० एमबीपीएस इन्टरनेट भ्याट बाहेक ७ हजार ९९९ रुपैयाँ र १ वर्षको लागि १४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराएको छ।

सुबिसुले इन्टरनेट चलाइरहेका आफ्ना ग्राहकका लागि पुरानै मूल्यमा बढी इन्टरनेट स्पिडसहितको इन्टरनेट थप्ने उल्लेख गरेको छ।

अर्को आइएसपी डिसहोमले पनि चाडबाडको अवसरमा आकर्षक शुल्कमा इन्टरनेट सेवासहितको अफर ल्याएको छ। कम्पनीले ७५ एमबीपीएस स्पिडको इन्टरनेट प्रति महिना ५९५ रुपैयाँ, १०० एमबीपीएस प्रति महिना ६८७ रुपैयाँ, १५० एमबीपीएस प्रति महिना ८२४ रुपैयाँमा दिने भएको छ।

प्रकाशित: १८ आश्विन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार