अमेरिकी टेस्ला विद्युतिय कारको डिजाइन चोरेको आरोप चिनियाँ कम्पनीलाई

  • Technology Khabar | १७ आश्विन २०७९, सोमबार

काठमाडौं ।

अमेरिकी टेस्ला विद्युतिय कारको डिजाइन र पेटेन्ट चोरेको आरोप चिनियाँ कम्पनीलाई लागेको छ।

चिनियाँ कार उत्पादक कम्पनी चाङगन अटोमोबाइलले हालै सार्वजनिक गरेको एउटा विद्युतीय कार टेस्लाको मोडल थ्रीका डिजाइनअनुसार चोरेर बनाएको आरोप लागेको सीएनएनले जनाएको छ।

सीएनएन रिपोर्टका अनुसार यसअघि पनि चिनियाँ कम्पनीले अमेरिकी टेस्लाको डिजाइन र पेटेन्ट चोरेको आरोपसँगै मुद्दासमेत लागेको थियो।

टेस्लासँगै अरु देशको राम्रा गाडीको फोटोकपी गरी सस्तोमा बिक्रिमा राख्दा माग चिनियाँ कम्पनी नै हुने भएकाले चोरीलाई अन्तराष्ट्रिय चोरी मुद्दा गर्नुको विकल्प नभएको समेत टेस्लाले जनाएको हो।

चिनियाँ कार उत्पादक कम्पनी चाङगन अटोमोबाइलले यो चोरी फोटोकपी नभएको बताएको छ। सो कम्पनीले सार्वजनिक गरेको कारको मूल्य जम्मा २६ हजार डलरबाट सुरु हुन्छ। यो भनेको टेस्ला मोडल थ्रीभन्दा करिब आधामात्र हो। चाङगन अटोमोबाइलले हालै सार्वजनिक गरेको शानलन एसएल ०३ हो।

सेडान सेगमेन्टको यो कार फ्रन्ट तथा रियर दुवैतर्फबाट हेर्दा टेस्लाको मोडल थ्री जस्तै नै छ। यो कार टेस्ला मोडल थ्रीभन्दा ४ इन्च लामो भएकाले फरकपना देखिने बताइएको छ।

यसलाई नक्कल भन्न नमिल्ने चीन सरकारले जनाएको छ। चीन सरकारकै स्वामित्वमा चाङगन अटोमोबाइल संचालनमा रहेको छ।

प्रकाशित: १७ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया