नेपाली टिम हाई भोल्टेज पब्जी मोबाइल प्रो लिग साउथ एशियाको च्याम्पियन

  • Technology Khabar | १७ आश्विन २०७९, सोमबार
नेपाली टिम हाई भोल्टेज पब्जी मोबाइल प्रो लिग साउथ एशियाको च्याम्पियन

काठमाडौं ।

नेपाली टिम हाई भोल्टेज पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशियाको च्याम्पियन बनेको छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै हाई भोल्टेज पीएमपीएल साउथ एशियाको च्याम्पियन बनेको हो। उपाधीसँगै हाई भोल्टेजले १५ हजार हजार अमेरिकी डलर पनि हात पारेको छ।

हाई भोल्टेजले निकटम प्रतिस्पर्धी डीई वारियर्सलाई २७ अंकले पछि पार्दै उपाधी उचालेको हो। फाइनलको कुल १८ खेलमा हाई भोल्टेजले २७७ अंक प्राप्त गर्न सफल भएको थियो। हाई भोल्टेजले १२९ प्लेसमेन्ट प्वाइन्ट, ९३ इलिमिनेसन प्वाइन्ट र ५५ बोनस प्वाइन्ट प्राप्त गरेको थियो।

प्रतियोगितको दोस्रो, तेस्रो र चौथो स्थानमा मंगोलियाका टिम रहेका छन्।

डीई वारियर्सले २५० प्वाइन्ट सहित दोस्रो स्थानमा रहन सफल भयो।

अघिल्लो सिजनको पीएमपीएल च्याम्पियन गडलाईक स्टलवार्ट २३४ अंक सहित तेस्रो स्थानमा रहन पुग्यो।

२३० अंक प्राप्त गरेको आईएचसी ईस्पोर्टस्ले चौथो स्थान प्राप्त गर्यो।

दोस्रो स्थानमा रहने टिमले ११ हजार ५०० अमेरिकी डलर, तेस्रो हुने टिमले ९ हजार ५०० अमेरिकी डलर र चौथो हुने टिमले ८ हजार ५०० अमेरिकी डलर प्राप्त गर्न सफल भए।

डीआरएस गेमिङ, इलिमेन्ट्रिक्स, म्याबटेक्स ईस्पोर्टस्, स्काईलाईट गेमिङ, टी२के र भेनम लिजेन्ड क्रमश पाचौंदेखि १० औं स्थानमा रहन सफल भए। शीर्ष १० स्थानमा रहेन सफल टिमहरु पब्जी मोबाइल प्रो लिग साउथ एशिया च्याम्पियनशिपका लागि छनोट भएका छ। च्याम्पियिनशिपमा १६ टिमले प्रतिस्पर्धा गर्नेछ। बाँकी ६ टिम पब्जी मोबाइल प्रो लिग पाकिस्तानबाट सहभागीता जनाउने छन्।

यस्तै पाचौंदेखि १० औं टिमले क्रमश ८ हजार अमेरिकी डलर, ७ हजार ८०० अमेरिकी डलर, ७ हजार ५०० अमेरिकी डलर, ७ हजार ४ सय अमेरिकी डलर, ७ हजार ३०० अमेरिकी डलर र ७ हजार २०० अमेरिकी डलर प्राप्त गरे।

११ औं देखि १६ स्थानमा रहेका टिमले क्रमस ७ हजार अमेरिकी डलर, ६ हजार ९०० अमेरिकी डलर, ६ हजार ७०० अमेरिकी डलर, ६ हजार ५०० अमेरिकी डलर, ६ हजार २०० अमेरिकी डलर र ६ हजार अमेरिकी डलर प्राप्त गरे।

फाइनलमा प्रवेश गर्न नसक्ने बाँकी ४ टिमले समान ५ हजार अमेरिकी डलर प्राप्त गरे।

प्रतियोगितामा सर्वाधिक इलिमिनेसन लिँदै डीई वारियर्सका इस्टले १ हजार अमेरिकी डलर प्राप्त गरे।

गत भदौ १४ गतेदेखि शुरु भएको प्रतियोगिताको कुल पुरस्कार राशी १५ हजार अमेरिकी डलर रहेको थियो।

प्रकाशित: १७ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...