पाकिस्तान सरकारको ट्विटर एकाउन्ट भारतमा प्रतिबन्धित

  • Technology Khabar | १७ आश्विन २०७९, सोमबार
पाकिस्तान सरकारको ट्विटर एकाउन्ट भारतमा प्रतिबन्धित

काठमाडौं ।

माइक्रो ब्लगिङ साइट ट्विटरले भारतमा पाकिस्तान सरकारको आधिकारिक ट्विटर खातामाथि प्रतिबन्ध लगाएको छ। पाकिस्तान सरकारको आधिकारिक ह्यान्डलमा लेखिएअनुसार कानूनी मागका कारण यो खाता प्रतिबन्धित गरिएको छ। यसअघि पनि यो खातालाई प्रतिबन्ध लगाइएको थियो तर पछि फेरि सक्रिय गरिएको थियो।

ट्विटरको दिशानिर्देशनअनुसार अदालतको आदेश जस्ता वैध कानूनी मागका कारण यस्तो कदम चालिएको हो। यसअघि जुनमा ट्विटरले संयुक्त राष्ट्रसंघ, टर्की र इजिप्टमा रहेका पाकिस्तानी दूतावासका ट्विटर एकाउन्टमा पनि प्रतिबन्ध लगाएको थियो ।

करिब दुई महिना अघि, भारतको केन्द्रीय सरकारले देशविरुद्ध सामग्री पोष्ट गरेको भन्दै पाकिस्तानबाट चल्ने केही युट्युब च्यानल र फेसबुक एकाउन्टलाई रोक लगाएको थियो। सरकारले देशविरुद्ध घृणा फैलाउने गरी हालसम्म १०० भन्दा बढी युट्युब च्यानल, चार फेसबुक पेज, पाँच ट्वीटर र तीन इन्स्टाग्राम अकाउन्ट बन्द गरिसकेको छ।

गत वर्षको दोस्रो अर्ध वार्षिकमा, ट्विटरले पत्रकार र मिडिया कम्पनीहरूको खातामा पोस्ट गरिएको सामग्री ब्लक गर्न ३२६ कानुनी अनुरोधहरू प्राप्त गर्यो। जसमध्ये ११४ भारतका थिए। यस्तो माग गर्ने देशहरूमा टर्की, रुस र पाकिस्तान पर्छन्।

प्रकाशित: १७ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...