पब्जी मोबाइल प्रो लिग फाइनल दोस्रो दिनः नेपाली टिम हाई भोल्टेज शीर्ष स्थानमा

  • Technology Khabar | १६ आश्विन २०७९, आईतवार
पब्जी मोबाइल प्रो लिग फाइनल दोस्रो दिनः नेपाली टिम हाई भोल्टेज शीर्ष स्थानमा

काठमाडौं ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशियाको फाइनल चरणको दोस्रो दिनको खेलबाट नेपाली टिम हाई भोल्टेज शीर्ष स्थानमा पुगेको छ। शुक्रबारदेखि शुरु भएको फाइनल चरणको दुई दिनको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै हाई भोल्टेज शीर्ष स्थानमा पुगेको हो।

हाई भोल्टेजले फाइनल चरणको १२ खेलमा ८६ प्लेसमेन्ट प्वाइन्ट र ६३ इलिमिनेसन प्वाइन्ट प्राप्त गरेको छ। लिग चरणका खेलका आधारमा जम्मा ५५ बोनस प्वाइन्ट प्राप्त गरेकाले टिमसँग २०४ अंकसहित छ।

दोस्रो स्थानमा मंगोलियाको गडलाइक स्टलवार्ट रहेको छ। स्टलवार्टले १२ खेलमा १९२ अंक प्राप्त गरेको छ। स्टलवार्टसँग ६२ प्लेसमेन्ट प्वाइन्ट, ५७ इलिमिनेसन प्वाइन्ट र ७३ बोनस प्वाइन्ट छ।

फाइनल चरणको पहिलो दिन शीर्ष स्थानमा रहेको मंगोलियाको आईएचसी दोस्रो दिनको खेल सकिँदा तेस्रो स्थानमा झरेको छ। आईएचसीले दुई दिनको खेलबाट ६९ प्लेसमेन्ट प्वाइन्ट, ५५ इलिमिनेसन प्वाइन्ट र ६७ बोनस प्वाइन्टसहित १९१ अंक प्राप्त गरेको छ।

फाइनल खेल असोज १४ देखि १६ गतेसम्म हुनेछ। फाइनल चरणमा कुल १८ खेल खेलिनेछ। प्रत्येक दिन ६ ओटा खेल हुनेछ।

फाइनलमा नेपालका १० टिमसहित मंगोलियाको ४ र बंगलादेशको २ टिमले उपाधीका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

फाइनलमा पहिलो स्थान हासिल गर्ने टिमले उपाधीसँगै १० हजार अमेरिकी डलर प्राप्त गर्नेछ। दोस्रो हुने टिमले ६ हजार ५०० अमेरिकी डलर र तेस्रो हुने टिमले ४ हजार ५०० अमेरिकी डलर प्राप्त गर्नेछन्।

फाइनमा पुग्ने सबै टिमले अंक तालिकामा आधारमा पुरस्कार राशी प्राप्त गर्नेछन्।

प्रकाशित: १६ आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार