
काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन उडान प्रतिवन्ध लगाइएको र नउडाउन सूचित गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको ५ किलोमिटर वरिपरिको क्षेत्र भित्र ड्रोन नउडाउन सूचित गरेको हो।
कार्यालयले अहिलेपनि यदाकदा उडाउने गरेको भेटिएको भन्दै ड्रोन नउडाउन सूचित गरेको हो।
विमानस्थल कार्यालयकाअनुसार यस्तो कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्नेछ। यस्ता गतिविधि नगर्न भन्दै कसैले त्यस्तो अटेर गरेमा कानूनअनुसार कडा कारवाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ।
प्रकाशित: १६ आश्विन २०७९, आईतवार