
काठमाडौं ।
अचानक प्ले स्टोरबाट हराएको ईसेवाको एप फिर्ता भएको छ । शुक्रबार अपरान्हदेखि गुगल प्ले स्टोरबाट हटेको ईसेवा एप अहिले पुन: उपलब्ध भएको छ।
कम्पनीले भर्खरै एप उपलब्ध भएको र डाउनलोड गर्न सकिने जानकारी फेसबुकमार्फत दिएको छ।
फर्किएको हो । मोबाइलमा पहिले नै इन्स्टल भएको एप बाहेक
हिजो दिउँसो एपमा समस्या आएको र भुक्तानी कारोबार हुन नसकेको प्रयोगकर्ताहरुले गुनासो गरेका थिए। जसले गर्दा नयाँ डाउनलोड गर्न चाहने प्रयोगकर्ताहरू पनि यो समस्याका कारण प्रभावित भएका थिए ।
एप उपलब्ध भएसँगै अब भने एन्ड्रोइड प्रयोगकर्ताले यो एप प्ले स्टोरबाट डाउनलोड गर्न सक्नेछन्।
यसअघि कम्पनी सम्बद्ध स्रोतले एपले प्राविधिकरुपमा धान्न नसकेको र अरु पनि समस्या आउँदा यस्तो भएको दाबी गरेको थियो।
कम्पनीले के कारणले ईसेवा प्ले स्टोरमा हराएको र फेरी फर्किएको भन्ने कुनै स्पष्ट जानकारी दिएको छैन्।
प्रकाशित: १५ आश्विन २०७९, शनिबार