एनसेलको मुख्य कम्पनी आजियाटाले २०५० सम्ममा कार्बन उत्सर्जन शून्य गर्ने

  • Technology Khabar | १५ आश्विन २०७९, शनिबार
एनसेलको मुख्य कम्पनी आजियाटाले २०५० सम्ममा कार्बन उत्सर्जन शून्य गर्ने

काठमाडौं ।

दूरसञ्चार सेवा प्रदायक एनसेलको मुख्य कम्पनी आजियाटाले सन् २०५० मा कार्बन उत्सर्जन शून्य पार्ने भएको छ। कम्पनीले सन् २०२० को तुलनामा सन् २०३० सम्ममा कार्बन उत्सर्जन ४५ प्रतिशतसम्म झार्ने लक्ष्य लिएको छ।

कम्पनीले आफ्नो लक्ष्य प्राप्त गर्नका लागि कार्बन उत्सर्जन घटाउने, कार्बन उत्सर्जन बचाउने र कार्बन उत्सर्जन हटाउने ३ रणनीति अबलम्बन गरेको छ।

यद्यपि सन् २०२० को तुलनामा सन् २०२१ मा कम्पनीको कार्बन उत्सर्जन समग्रमा ६ प्रतिशत वृद्धि भएको थियो। फोरजी कभरेट र गुणस्तर वृद्धि गर्न तथा कोभिड १९ महामारीका कारण अघिल्लो वर्षको तुलनामा गत वर्ष कार्बन उत्सर्जन बढेको कम्पनीको दाबी छ।

कम्पनीले सन् २०२० मा ऊर्जाका लागि ६.९८ मिलियन गिगाजौल र सन् २०२१ मा ७.५९ गिगाजौल ऊर्जा खपत भएको थियो।

ग्रिड बिजुली नवीकरणीय ऊर्जा भएकाले नेपालका साइटहरुमा डिजेल जेनरेटहरु घटाउने र ऊर्जा दक्षता बढाउने तर्फ एनसेलले काम गरिरहेको छ।

एनसेलको माउन्ट एभरेष्टको वेस क्याममा अवस्थित बेस स्टेशन सौर्य ऊर्जा र ब्याट्रीबाट सञ्चालित छ। साथै कम्पनीले कम्पनीले विकट क्षेत्र र उच्च हिमाली क्षेत्रमा नवीकरणीय ऊर्जाका माध्यमबाट दूरसञ्चार सेवा उपलब्ध गराउने प्रयास गरिरहेको छ।

यस्तै गत एनसेलले काठमाडौंको चक्रपथ कोटेश्वर-कलंकी सडक खण्डमा ग्रीन बेल्ट निर्माण गरेको छ। एनसलेलले वन तथा भू-संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वर-कलंकी खण्डमा हरियाली विकास, निर्माण तथा संरक्षण गर्दै आएको छ।

* यसअघि फरक तस्विर परेको हुँदा हटाइएको छ-सम्पादक

प्रकाशित: १५ आश्विन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...