Technology Khabar १५ आश्विन २०७९, शनिबार
काठमाडौं ।
ट्विटरका सीईओ पराग अग्रवालसँग टेस्लाका सिइओ इलन मस्कको सम्बन्ध बिग्रिएको भन्दै प्रयोगकर्ताले चिन्ता व्यक्त गरेका छन्।
मस्क र अग्रवालबीच भर्खरै जारी गरिएको सन्देशमा मस्कले अग्रवाललाई खरिद गर्ने सम्झौता अनुसार कार्य नगरेकाले कम्पनी क्षमतालाई हानी पुर्याउने लेखेकाले प्रयोगकर्ताले सम्बन्ध बिग्रिएकोमा चिन्ता व्यक्त गरेका हुन्।
अग्रवालले मस्कलाई यसअघि नै तिमी ट्वीट गर्न स्वतन्त्र छैनौ र ट्विटर मर्दैछ किन चिन्तित भनेर सन्देश पठाएका थिए।
यसै स्वरुप अधिकांश प्रयोगकर्तालाई मस्क र अग्रवाललाई अरबपतिको सम्बन्ध द्रुत रूपमा नबिगार्नका लागि अपिल समेत गरेको बिजनेश इन्साइडरले जनाएको छ।
सन्देशहरू मस्क र ओरेकल सहसंस्थापक ल्यारी एलिसन, तथा ट्विटरका संस्थापक ज्याक डोर्सी लगायत सिलिकन भ्यालीका धेरै शक्तिशाली खेलाडीहरू बीचको अप्रशोधित सन्देशहरूले बजार तताएकाले प्रयोगकर्ताहरुमा चिन्ता छाएको इन्साइडरको रिपोर्टमा उल्लेख छ।
४ अर्ब डलरमा ट्विटर किन्न इलन मस्कसँग सम्झौता भएपनि मस्कले तत्कालका लागि रद्द गरेका थिए।
इलन मस्कको यस्तो निर्णयविरुद्ध ट्विटरले मस्कमाथि मुद्दा लगाएको प्रष्ट भएको छ।
मस्कलाई ट्विटर किन्न बाध्य पार्ने वा नपर्ने भनेर निर्धारण गर्ने पाँच दिने ट्रायल अक्टोबर १७ मा सुरु हुने अदालतले जनाएको छ।
प्रकाशित: १५ आश्विन २०७९, शनिबार