
काठमाडौं ।
नासाले हबल स्पेस टेलिस्कोपको आयु र सेवा थप लम्ब्याउने तयारी गरेको छ। यदि हबल स्पेस टेलिस्कोपलाई उच्च कक्षमा सार्ने विचार व्यवहारिक देखिएमा यसको आयु धेरै वर्ष लम्बिन सक्छ।
यसको लागी नासा र स्पेसएक्सले आफ्नो ‘ड्रागन’ नामक अन्तरिक्ष यान प्रयोग गरेर हबललाई उच्च कक्षमा बूस्ट गर्न प्राविधिक रूपमा सम्भव छ वा छैन तथा “व्यावसायिक सम्भावनाहरू” को लागी यो योग्य छ कि छैन भनेर अध्ययन गर्नको लागि एक ‘अनफन्डेड स्पेस एक्ट’ सम्झौतामा हस्ताक्षर गरेका छन्।
यो विचार स्पेसएक्स र पोलारिस प्रोग्रामद्वारा प्रस्ताव गरिएको थियो, र नासाले यस बारेमा नयाँ निर्णय गरेको हो।
“यो अध्ययन नासाले निजी-सार्वजनिक साझेदारीको माध्यमबाट अन्वेषण गरिरहेको नविनतम दृष्टिकोणको एक रोमाञ्चक उदाहरण हो,” वाशिंगटनमा नासा मुख्यालयमा विज्ञान मिशन निर्देशालयका लागि एसोसिएट प्रशासक थोमस जुर्बुचेनले भने।
हबल टेलिस्कोप पृथ्वी माथि ३३५ माइलको कक्षमा बिस्तारै क्षय हुँदैछ र यो अन्ततः पृथ्वीको वायुमण्डलमा पुन: प्रवेश गर्नेछ। यद्यपि, यसलाई उच्च र थप स्थिर कक्षमा सार्दा, टेलिस्कोपको आयु धेरै वर्षसम्म बढाउन सकिन्छ।
टोलीहरूले हबल र स्पेसएक्स ड्र्यागन अन्तरिक्ष यान दुवैबाट प्राविधिक डाटा सङ्कलन गरी छ महिनासम्म लाग्ने अध्ययनको अपेक्षा गर्दछन्। यो डाटाले सुरक्षित रूपमा मिलाउन, डक गर्न र टेलिस्कोपलाई थप स्थिर कक्षमा सार्न सम्भव छ कि छैन भनेर निर्धारण गर्न मद्दत गर्नेछ।
र यदि नासाले अन्ततः यस्तो मिसनलाई लगानी र अनुदान नदिने निर्णय गरे पनि, अध्ययनको निष्कर्ष भविष्यमा पृथ्वी नजिकैको अन्य अन्तरिक्ष यानहरूमा पनि लागू गर्न सकिन्छ।
हबल सन् १९९० देखि सञ्चालनमा आएको छ र आफ्नो जीवनकालको अन्त्यमा, नासाले हबललाई सुरक्षित रूपमा डि-अर्बिट वा डिस्पोज गर्ने योजना बनाएको छ।
प्रकाशित: १५ आश्विन २०७९, शनिबार