इन्टेल आर्क ए७५९ मिड रेञ्ज जीपीयू घोषणा, शुरुवाती मूल्य २८९ डलर

Technology Khabar १५ आश्विन २०७९, शनिबार

काठमाडौं ।

इन्टेलले नयाँ आर्क ए७५० जीपीयू घोषणा गरेको छ। इन्टल आर्क ए७५० एनभिडिया जीइफोर्स आरटीएक्स ३०६० सँग प्रतिस्पर्धा हुनेछ। आरटीएक्स ३०६० को तुलनामा पैसाको अधिक मूल्य प्रदान गर्ने इन्टेलको दाबी छ।

आर्क ए७५०मा २८ एक्सई कोर, २८ रे ट्रेसिङ यूनिट, २०५० मेगाहर्ज ग्राफिक्स क्लक, ८ जीबी र्याम र ५१२ जीबी स्टोरेज तथा २२५ वाटको पावरलगायत स्पेसिफिकेसन रहेका छन्।

इन्टेल आर्क ए७५० को शुरुवाती मूल्य २८९ अमेरिकी डलर तोकिएको छ। कम्पनीको अन्य दुई जीपीयू ए७७०को शुरुवाती मूल्य ३२९ अमेरिकी डलर र ए७७० लिमिटेड एडिसनको मूल्य ३४९ अमेरिकी डलर तोकिएको छ। ती ३ ग्राफिक प्रोसेसर अक्टोबरको मध्यबाट ढुवानी गरिने गिज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १५ आश्विन २०७९, शनिबार

तपाइको प्रतिक्रिया