शनिबारदेखि भारतमा फाइभजी सेवा शुरु

  • Technology Khabar | १४ आश्विन २०७९, शुक्रबार
शनिबारदेखि भारतमा फाइभजी सेवा शुरु

काठमाडौं ।

शनिबारदेखि भारतमा फाइभजी सेवा शुरु हुने भएको छ। अक्टोबर १ देखि शुरु हुने ४ दिने इन्डिया मोबाइल कांग्रेस (आईएमसी २०२२)मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फाइभजी सेवा लन्च गर्ने अमर उजालाले लेखेको छ।

भारतीय प्रधानमन्त्री मोदीले अक्टोबर १ मा दिल्लीको प्रगति मैदानमा फाइभजी सेवा शुरु गर्नेछन्। मोदीले हाई स्पीड मोबाइल इन्टरनेट सेवा शुभारम्भको दौरान दिल्लीको द्वारका सेक्टर २५ मा मेट्रोको आगामी स्टेशनको भूमिगत सुरुङबाट फाइभजी सेवाको प्रदर्शन पनि हेर्ने छन्।

भारतका १० करोडभन्दा धेरै मानिस सन् २०२३ मा फाइभजी सेवा प्रयोग गर्न चाहन्छन्। ती मानिससँग फाइभजी नेटवर्क सपोर्ट गर्ने स्मार्टफोन छ। यीमध्ये धेरै उपभोक्ता फाइभजी सेवाका लागि ४५ प्रतिशतभन बढी भुक्तानी गर्नका लागि पनि तयार छन्।

इन्डिया मोबाइल कांग्रेस २०२२

इन्डिया मोबाइल कांग्रेस २०२२ अक्टोबर १ देखि ४ सम्म दिल्लीको प्रगति मैदानमा आयोजना हुनेछ। दूरसञ्चार विभाग र सेल्युलर अपरेटर्स एसोसिएशन अफ इन्डिया (सीओएआई)को संयुक्त आयोजनमा आईएमसी २०२२ को छौंठो संस्करण आयोजना गरिँदैछ। कार्यक्रममा पुन एक पटक नयाँ टेक्नोलोजी इनोभेसन र स्टार्टअपलाई बढावा दिने विषयमा विस्तृत चर्चा हुनेछ। २०२२ मा यस कार्यक्रमको नारा ‘न्यू डिजिटल यूनिभर्स’ राखिएको छ। जसले विकसित डिजिटल भारतका लागि स्टर्टअप र इनोभेसन बढावा गर्ने उद्देश्यमा काम गर्नेछ। आईएमसी २०२२ मा ७० हजारभन्दा धेरैले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

पहिलो चरणमा फाइभजी सेवा शुरु हुने शहर

आईटी मन्त्री आश्विनी वैष्णवले केही दिन पहिला भारतमा फाइभजी सेवा क्रमिक रुपमा सार्वजनिक गरिने बताएका थिए। पहिलो चरणका लागि १३ शहर छनोट गरिएको छ। यसमा मेट्रो शहरहरु दिल्ली, मुम्बाई, कोलकता लगायत छन्। यस पछि प्रत्येक वर्ष भारतमा फाइभजी कनेक्टिभिटी तीब्र गतिमा विस्तार गरिनेछ। पहिलो चरणको १३ शहरमा अहमदाबाद, बेंगलुरु, चन्डीगढ, चेन्नाई, दिल्ली, गांधीनगर, गुरुग्राम, हैदराबाद, जामनगर, कोलकाता, लखनऊ, मुम्बई र पुणेमा फाइभजी कनेक्टिभिटी शुरु गरिनेछ।

प्रकाशित: १४ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...