पठाओको दशैं महोत्सवमा आदित्य र तारापतिले जिते बाइक

  • Technology Khabar | १४ आश्विन २०७९, शुक्रबार
पठाओको दशैं महोत्सवमा आदित्य र तारापतिले जिते बाइक

काठमाडौं ।

राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालका राइडर, क्याप्टेन र डेलिभरीम्यानलाई लक्षित गर्दै सन्चालन गरिएको ‘दशैं महोत्सव २०७९’ अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्।

पठाओ राइडर, फुडम्यान र क्याप्टेन सबैका लागि गरिएको बम्पर उपहारमा आदित्य मोक्तानले पल्सर २२० र तारापति बिसीले डिस्कभर १२५ मोटरसाइकल जितेका छन्। मोक्तान र बिसी दुबैजना राइडर हुन् । राइडर, क्याप्टेन र फुडम्यानमध्ये पठाओले लक्की ड्र मार्फत दुई जना छनोट गरिएको हो।

पठाओको अग्रभागमा रहेर खटिने साथीहरूको अमूल्य योगदानको कदर गर्दै महोत्सव आयोजना गरिएको पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए।

उपहार हस्तान्तरण कार्यक्रममा बोल्दै पठाओ राइडर र डेलिभरीम्यानले इएआईमार्फत बजाजको कुनै पनि बाइक किन्दा ६ हजार क्यासब्याक पाउने बजाज नेपालका हेड अफ सेल्स बासु श्रेष्ठले जानकारी दिए।

भदौ २३ गतेदेखि असोज १२ सम्मका महोत्सव आयोजना गरिएको महोत्सवअन्तर्गत तोकिएको प्रक्रिया पुरा गर्ने ९ जना राइडर, फुडम्यान र क्याप्टेनहरुले लक्की ड्रबाट तीन सातासम्म हरेक हप्ता टिभी, रेफ्रिजरेटर जितेका छन्।

पहिलो साता राइडर राजु गुरुङ, क्याप्टेन प्रेमबहादुर बराम र फुडम्यान सुकलाल स्याङ्तानले ३२ इन्चको स्मार्ट टेलिभिजन, दोस्रो साताका विजेता राइडर बुद्धवीर तामाङ, क्याप्टेन सुनिलकुमार चौधरी र फुडम्यान सुर्यबहादुर श्रेष्ठले सामसुङको फ्रिज जितेका छन्।

त्यस्तै तेस्रो साताको विजेता अन्तर्गत ३२ इन्चको स्मार्ट टेलिभिजन राइडर सन्जय श्रेष्ठ, क्याप्टेन सोनाम श्रेष्ठ र फुडम्यान गोविन्द माझीले प्राप्त गरेका छन् । पठाओको दशैं महोत्सवअन्तर्गत तीन सातामा ९ जना र बम्पर पुरस्कारमा २ जना गरि कुल ११ जना विजेता बनेका छन्।

प्रकाशित: १४ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...