चीनमा थप ६७७ हजार नयाँ फाइभजी बेस स्टेशन स्थापना

  • Technology Khabar | १४ आश्विन २०७९, शुक्रबार
चीनमा थप ६७७ हजार नयाँ फाइभजी बेस स्टेशन स्थापना

काठमाडौं ।

चीनमा थप ६७७ हजार नयाँ ५ जीबेस स्टेशनहरू स्थापना भएका छन्।
चीनको उद्योग तथा सूचना मन्त्रालयले जनवरी र अगस्टमा चीनमा नवनिर्मित ५जी बेस स्टेशनको संख्या ६७७ हजार पुगेको घोषणा गरेको छ।

सेप्टेम्बरमा यो संख्या झन् बढी हुने अक्टुबरमा थाहा हुने नेराहाइबरले जनाएको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार अगस्टको अन्त्यसम्ममा चीनमा फाइभजी बेस स्टेशनको संख्या २०२१ को तुलनामा ५.५ प्रतिशतले बढेर २१ लाख २ हजार नाघेको छ।

चीनमा फाइभजी बेस स्टेशनहरूको संख्या कुल बेस स्टेशनहरूको १९.८ प्रतिशत हो।

प्रकाशित: १४ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...