नेपालको डिजिटल करेन्सीसम्बन्धी अवधारणा पत्र तयार, सार्वजनिक परामर्श माग

  • Technology Khabar | १४ आश्विन २०७९, शुक्रबार
नेपालको डिजिटल करेन्सीसम्बन्धी अवधारणा पत्र तयार, सार्वजनिक परामर्श माग

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी)सम्बन्धी अवधारणा पत्र तयार गरेको छ। नेपाल राष्ट्र बैंकको मुद्दा व्यवस्थापन विभागले डिजिटल करेन्सीसम्बन्धी अवधारणा पत्र तयार गरेको हो।

डिजिटल करेन्सीको अवधारणा पत्रमा आवश्यक संशोधनका लागि राष्ट्र बैंकले सार्वजनिक परामर्श माग गरेको छ। राष्ट्र बैंकको इमेल [email protected] मा पुसमसान्त सरोकारवालाहरुले आवश्यक सुझावहरु प्रदान गर्न सक्छन्।

विश्वमा विद्युतीय मुद्राको प्रयोग तथा सम्भाव्यता अध्ययन भईरहेको सन्दर्भमा नेपालमा समेत केन्द्रीय बैंक विद्युतीय मुद्रा (Central Bank Digital Currency) को सम्भाव्यता अध्ययन गर्ने भनेर आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिमा नै उल्लेख थियो। सोही नीति अनुसार राष्ट्र बैंकले डिजिटल करेन्सीको अवधारणा पत्र तयार गरेको हो।

मौद्रिक नीतिको व्यवस्थाअनुसार मुद्रा व्यवस्थापन विभागका निर्देशक अनुज दाहालको संयोजकत्वमा ६ सदस्यिय समितिले डिजिटल करेन्सी अवधारणा पत्र तयार गरेको हो।

पछिल्लो समय विश्वमै डिजिटल करेन्सीको चर्चा बढ्दो क्रममा छ। डिजिटल करेन्सी भौतिक नगदको विकल्पको रुपमा केन्द्रीय बैंकहरुले कानूनी पैसाको रुपमा जारी गर्ने गरेका छन्। जुलाई २०२२ सम्म ११ देशहरुले डिजिटल करेन्सी प्रयोगमा ल्याइसकेका छन् भने अधिकांश मुलुकहरु यसको कार्यान्वयनको चरणमा छन्।

विश्वमा हाल ४ प्रकारका पैसा नगद, रिजर्भ पैसा, बैंक एकाउन्ट पैसा र सीबीडीसी प्रयोगमा छन्। नगल केन्द्रीय बैंकद्वारा जारी गरिएको (जोखिम मुक्त) विश्वव्यापी पैसा तर डिजिटल रुपमा प्रयोग गर्न सकिँदैन। बैंक खाता पैसा विश्वव्यापी तथा इलेक्ट्रोनिक रुपमा प्रयोगका लागि पहुँचयोग्य छ। तर केन्द्रीय बैंकद्वारा जारी गरिएको नभएकाले यसमा केही जोखिम हुन्छ।
रिजर्भ पैसा इलेक्ट्रोनिक रुप्मा केन्द्रीय बैंकको ग्यारेन्टेड पैसा हो। तर यसमा विश्वव्यापी रुपमा पहुँच हुँदैन। सीबीडीसी केन्द्रीय बैंकले जारी गर्ने पैसाको नयाँ रुपमा विकास भइरहेको छ। यो डिजिटल र विश्वव्यापी रुपमा पहुँचयोग्य हुनेछ।

पछिल्लो समय चर्चामा रहेको अर्को पैसा हो, क्रिप्टोकरेन्सी। क्रिप्टोकरेन्सी विश्वव्यापी र इलेक्ट्रोनिक रुपमा पहुच्चयोग्य भए पनि यसलाई केन्द्रीय बैंकले जारी गर्दैन। यसले बैंक खाताको पैसामा प्रत्यक्ष खतरा सिर्जना गर्छ।

केन्द्रीय बैंक डिजिटल मुद्रा अवधारणा पत्र

https://www.nrb.org.np/contents/uploads/2022/09/A-Concept-Report-on-CBDC-for-Nepal-Public-Consultation-Document.pdf?fbclid=IwAR3FSyD9dzDzgAvnToXP7NjU723n17T80koOqp46pyrEl5s_3SL8hC1a-0A

प्रकाशित: १४ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार