
काठमाडौं ।
युरोपेली आयोगले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र ड्रोन लगायत डिजिटल उपकरणको प्रयोगबाट हानि पुगेका मानिसहरुलाई मद्दत गर्न नयाँ नियम प्रस्ताव गरेको बीबीसीले उल्लेख गरेको छ।
एआई दायित्व निर्देशनले एआई र ड्रोन समावेश भएका घटनाहरुमा मुद्दा दयार गर्ने व्यक्तिहरुमा प्रमाणको बोझ कम गर्नेछ।
यसले डिजिटल युगको लागि उपयुक्त कानूनी रुपरेखा बनाउने जस्टिस कमिस्नर डिडियर रेन्डर्स भन्छन्।
सेल्फ ड्राइभिङ कार, भ्वाइस असिस्टेन्स, सर्च इन्जिनलगयात सबै डिजिटल उपकरण यस निर्देशनको दायरा अन्तर्गत पर्न सक्छन्।
यदि यो नियम पास भयो भने, आयोगका नियमहरु ईयूको प्रस्तावित आर्टिफिसियल इन्टेलिजेन्स एनसँगे अघि बढ्न सक्छ। एआई सिस्टम कसरी र कहिले प्रयोग गर्न सकिन्छ भन्ने सीमातोक्ने पहिलो कानून हुनेछ।
आर्टिफिसियल इन्टिलिजेन्स सिस्टमहरु मेसिनहरुलाई कार्यहरु गर्न अनुमति दिनको लागि ठूलो मात्रामा डाटा वा जानकारीमा प्रशिक्षित गरिन्छ।
बुधबार युरोपेली आयोगद्वार प्रकाशित एआई दायित्व निर्देशनले एआई उत्पादनहरुका कारण भएको चोटपटक दाबी गर्नेहरुका लागि ‘कारणको अनुमान’ पेश गर्नेछ।
नियम कार्यान्वयनमा आएमा पिडिटहरुले एआई उत्पादनको कार्यसम्पादन र सम्बन्धित हानि देखाउन सकेको खण्डमा आफ्नो केस प्रमाणित गर्न जटिल एआई सिस्टम खोल्नु पर्दैन।
प्रकाशित: १४ आश्विन २०७९, शुक्रबार