
काठमाडौं ।
जनरल मोटर्स (जीएम)ले अल इलेक्ट्रिक भविष्यका लागि तयारी शुरु गरेको छ। अटोमेकरले भविष्यको जीएम ईभी पिकअप ट्रकका लागि उत्पादन सुविधा निर्माण गर्न आफ्नो ओहायोको टोलेडो प्लान्टमा ७६० मिलियन अमेरिकी डलर लगानी गर्ने गत शुक्रबार घोषणा गरेको इलेक्ट्रिकले उल्लेख गरेको छ।
विद्युतीय सवारीमा आफूलाई रुपान्तरण गर्नका लागि जीएम विगत केही महिना देखि सक्रिय रहेको छ। शुक्रबारको घोषणाले पनि जीएम ईभी बजारमा आक्रमक रुपमा प्रस्तुत भइरहेको तथ्यलाई पुष्टी गर्छ।
जीएमका चिफ फाइनान्सिएल अफिसरले ईभीको उत्पादन बढाउनका लागि ‘इन्फ्लिक्सन पोइन्ट’ भेटेको र ब्याट्री सेल उत्पादनमा अग्रणी बन्ने गरी काम गरिरहेको दाबी गरे।
कम्पनीको जोइन्ट भेन्चर अल्टियम सेल र साझेदार एलजी इनर्जीसँग चार योजनावद्ध ब्याट्री सेल प्लान्ट छन्। प्रत्येक ४ वर्षमा एउटा ब्याट्री प्लान्ट खोलिने छ। ओहायोमा रहेको पहिलो ब्याट्री प्लान्टले यस महिनाको शुरुवातमा उत्पादन शुरु गरेको थियो।
३० हजार अमेरिकी डलरको चेवी इक्विनोक्स ईभी सार्वजनिक गरेपछि जीएमले ‘सबैका लागि ईभी’ उपलब्ध गराउने योजना पनि घोषणा गरेको छ। यस योजना अन्तर्गत कम्पनीले एसयूभी, क्रसओभर, लक्जरी, पिकअप लगायत इलेक्ट्रिक सवारी साधन बजारमा ल्याउनेछ।
पछिल्लो समय ग्राहकको माग अनुसारको ईभी उपलब्ध गराउन नसक्दा जीएमको उत्पादन क्षमतामा प्रश्न पनि उठ्न थालेको छ।
प्रकाशित: १४ आश्विन २०७९, शुक्रबार