जियो फोन फाइभजी ८ देखि १२ हजार भारुमा उपलब्ध हुने

  • Technology Khabar | १४ आश्विन २०७९, शुक्रबार
जियो फोन फाइभजी ८ देखि १२ हजार भारुमा उपलब्ध हुने

काठमाडौं ।

भारतमा फाइभजी मोबाइल इन्टरनेट सेवा शुरु हुने चरणमा छ। रिलायन्स जियोले फाइभजीको क्षेत्रमा अघि रहनाका लागि केही योजनामा काम गरिरहेको छ। ती योजना मध्येमा एक जियोको सस्तो फाइभजी स्मार्टफोन ‘जियो फोन फाइभजी’ रहेको छ।

ग्याजेड३६०का अनुसार जियो फोन फाइभजी छिट्टै सार्वजनिक हुनेछ। यो फोन भारतमा फाइभजी सेवा रोलआउट हुने समयमा सार्वजनिक गर्ने कम्पनीको योजना छ। नयाँ रिपोर्टका अनुसार जियो फोन फाइभजीको मूल्य सूची बाहिरिएको छ।

काउन्टरपोइन्ट रिसर्चको रिपोर्ट अनुसार रिलायन्स जियोले आफ्नो पहिलो फाइभजी स्मार्टफोनको मूल्य ८ हजार भारु देखि १२ हजार भारुको बीचमा राख्नेछ। जियोले आफ्नो फाइभजी स्मार्टफोन मार्फत फोरजी स्मार्टफोन प्रयोगकर्तालाई टार्गेट गर्नु अघि आफ्नो फाइभजी नेटवर्क विस्तार गर्नेछ। भारतको धेरै हिस्सामा फाइभजी नेटवर्क विस्तार भएपछि जियोले आफ्नो फाइभजी स्मार्टफोन मार्फत ग्राहकलाई आकर्षित गर्ने कोशिस गर्नेछ।

मिडिया रिपोर्टसका अनुसार जियो फोन फाइभजी एन्ड्रोइड ११ (गो एडिसन)मा उपलब्ध हुनेछ। फोनमा ६.छ इन्चको एचडी प्लस (७२० वाई १६०० पिक्सल) आईपीएस डिस्प्ले हुनेछ। जसको आस्पेक्ट रेसियो २०ः९ हुनेछ। ४ जीबी र्याम र ३२ जीबी स्टोरेजमा उपलब्ध हुने फोनमा स्न्यापड्रागन ४८० प्रोसेसर दिइनेछ। एसडी कार्डको मद्दतबाट स्टोरेज बढाउन सकिन्छ।

जियोको स्मार्टफोन डुअल रियल क्यामरा सेटअपमा आउने सम्भावना छ। जसमा अटोफोकस लेन्सका साथ १३ मेगापिक्सलका प्राइमरी सेन्सर र २ मेगापिक्सलको म्याक्रो सेन्सर दिइनेछ। सेल्फी र भिडियो कलका लागि ८ मेगापिक्सलको प्राइमरी सेन्सर दिइनेछ। ५ हजार एमएएच ब्याट्रीले १८ वाट फास्ट चार्जिङ सपोर्ट गर्नेछ। साथै यूएसबी टाइप–सी पोर्ट र सेक्यूरिटिका लागि साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सर दिइनेछ।

प्रकाशित: १४ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...