
काठमाडौं ।
पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशियाको फाइनल आजदेखि शुरु हुने भएको छ। करिब एक महिना सञ्चालन भएको लिग चरणबाट शीर्ष १६ स्थानमा पर्न सफल टिमबीच फाइनल प्रतिस्पर्धा हुनेछ।
गत भदौ १४ गतेदेखि शुरु भएको लिग चरणमा साउथ एशिया क्षेत्रका उत्कृष्ट २० टिमले प्रतिस्पर्धा गरेका थिए। लिग चरणको विजेता मंगोलियाको गडलाइक स्टलवार्ट बनेको थियो।
पीएमपीएलमा नेपालका ११ टिमको सहभागीता थियो। ११ मध्ये १० ओटा टिम फाइनल यात्रा गर्न सफल भएका छन्। फाइनल पुग्न नसक्ने एक मात्र नेपाली टिम डीए एट्याक्स ईस्पोर्टस् रहेको छ।
फाइनलमा नेपालका १० टिमसहित मंगोलियाको ४ र बंगलादेशको २ टिमले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल असोज १४ देखि १६ गतेसम्म हुनेछ। फाइनल चरणमा कुल १८ खेल खेलिनेछ। प्रत्येक दिन ६ ओटा खेल हुनेछ।
फाइनलमा पहिलो स्थान हासिल गर्ने टिमले उपाधीसँगै १० हजार अमेरिकी डलर प्राप्त गर्नेछ। दोस्रो हुने टिमले ६ हजार ५०० अमेरिकी डलर र तेस्रो हुने टिमले ४ हजार ५०० अमेरिकी डलर प्राप्त गर्नेछन्।
फाइनमा पुग्ने सबै टिमले अंक तालिकामा आधारमा पुरस्कार राशी प्राप्त गर्नेछन्।
प्रकाशित: १४ आश्विन २०७९, शुक्रबार