एप्पलले रुसको सोसल मिडिया प्लेटफर्म “भीके”लाई एप स्टोरबाट हटायो

  • Technology Khabar | १३ आश्विन २०७९, बिहीबार
एप्पलले रुसको सोसल मिडिया प्लेटफर्म “भीके”लाई एप स्टोरबाट हटायो

काठमाडौं ।

एप्पलले रुसको नास्पर्ससँग जोडिएको सोसल मिडिया प्लेटफर्म “भीके”लाई एप स्टोरबाट हटाएको छ।

रूसको सबैभन्दा ठूलो सोशल मिडिया एपले लामो समयदेखि दक्षिण अफ्रिकाको नास्पर्ससँग जोडिएकोले यसको विरोध अमेरिका लगायत केही देशबाट भएकाले एप्पलले “भीके”लाई हटाएको द भर्जले जनाएको छ।

“भीके”ले रूसी भाषाको बयान जारी गरी यसको एपहरू अब एप स्टोरमा डाउनलोड वा अपडेट गर्न उपलब्ध छैन भनेर सूचना दिएपनि पहिला डाउनलोड गरेका प्रयोगकर्ताहरूको अझै पनि सञ्चालनमा आएकाले अमेरिकी कम्पनी एप्पलले पूर्ण बन्देज स्वरुप एप स्टोरबाट हटाएको हो।

यसअघि रूसले फेसबुक र इन्स्टाग्राम प्रतिबन्धित गरेपछि, पनि एप्पलले रूसको सबैभन्दा ठूलो सोशल मिडिया एप “भीके”लाई कुनै अवरोध गरेको थिएन।

यसअघि रुसले युक्रेनमा आक्रमण गरेपछि रुसी सरकारले फेसबुक र इन्स्टाग्राम लगायतका प्रमुख पश्चिमी सामाजिक सञ्जालहरूमाथि रोक लगाएको थियो।

एप एनालिटिक्स फर्म एपटोपियाका कन्टेन्ट निर्देशक एडम ब्ल्याकरले इनसाइडर वीकेलाई २०१५ देखि एप्पल र गुगलका एप स्टोरहरूबाट २१ करोड १० लाख पटक डाउनलोड गरिएको जानकारी दिए।

जबकि फेसबुकमा लगभग ५२ मिलियन डाउनलोडहरू छन्।

प्रकाशित: १३ आश्विन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

चोरीसिकारी नियन्त्रण गर्न सिसी क्यामरा

  • Technology Khabar
  • १३ आश्विन २०७९, बिहीबार