विश्वभर साइबर सुरक्षा कठिन हुँदै गएको दाबी

  • Technology Khabar | १३ आश्विन २०७९, बिहीबार
विश्वभर साइबर सुरक्षा कठिन हुँदै गएको दाबी

काठमाडौं ।

पछिल्लो समय साइबर सुरक्षा कठिन हुँदै गएको छ। ठूला लगानीकर्ता, ठूला संस्था, चर्चित व्यक्तिहरुको वेबसाईट ह्याक हुने प्रवृत्ति बढ्दै गएकोले विश्वभरी नै सबै त्रसित बन्दै गएका छन् र सुरक्षाको लागि अनुसन्धान गर्दै नयाँ उपायहरु खोजिरहेको प्रष्ट छ।

त्यसैले पनि स्टार्टअपहरूले साइबर सुरक्षाको लागि सावधानीको उपायहरु लिनुको विकल्प छैन।

बेलायतका कोम्टेरा टेक्नोलोजी बिक्री निर्देशक गुर्सेल टुर्सुनले स्टार्टअपहरूले सामना गर्न सक्ने केही साइबर जोखिम विरुद्ध रहेका चुनौतीपूर्ण यात्रामा संघर्ष गर्न गाह्रो भएको बताएका छन्।

उनले भने,“उपभोक्ताहरूमा विश्वास निर्माण चुनौती हुनुका साथै ह्याकरहरूले स्टार्टअपहरूलाई गरेको हमला लक्ष्यबाट समेत बचाउन गरिएका सुरक्षा उपायहरू अपर्याप्त छ।”

उनले आफूजस्तै अधिकांश कम्पनीहरू साइबर खतराहरू र गोपनीयता मुद्दाहरूबाट धेरै प्रभावित भएको स्वीकारेका छन्।

यसका लागि प्रयोगमा हुने उपकरण र नेटवर्क सुरक्षा सुनिश्चित गर्न बलियो इन्टरनेट सुरक्षा प्रयोग गर्न आवश्यक रहेको विज्ञहरुले सुझाब दिएका छन्।

योसँगै कडा र फेला पार्न गाह्रो पासवर्डहरू प्रयोग गर्नुको विकल्प नभएको पनि उनीहरुले बताएका छन्।

प्रकाशित: १३ आश्विन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार