निसानको दोस्रो फूल इलेक्ट्रिक अरिया क्रसओभर २०२३ मा डेलिभरी हुने, शुरुवाती मूल्य ४३ हजार १९० डलर

  • Technology Khabar | १३ आश्विन २०७९, बिहीबार
निसानको दोस्रो फूल इलेक्ट्रिक अरिया क्रसओभर २०२३ मा डेलिभरी हुने, शुरुवाती मूल्य ४३ हजार १९० डलर

काठमाडौं ।

निसानले आफ्नो दोस्रो फूल इलेक्ट्रिक अरिया इलेक्ट्रिक क्रसओभरको शुरुवाती मूल्य सार्वजनिक गरेको छ। इलेक्ट्रिकका अनुसार अरिया इलेक्ट्रिक क्रसओभरको शुरुवाती मूल्य ४३ हजार १९० अमेरिकी डलर तोकिएको छ।

निसानले अरिया इलेक्ट्रिक क्रसओभरको ९ भेरियन्टको मूल्य सार्वजनिक गरेको हो। सर्वाधिक महँगो भेरियन्टको रुपमा प्लेटिनमप्लस ई४ओर्स रहेको छ। यसको मूल्य ६० हजार १९० अमेरिकी डलर तोकिएको छ।

अरिया निसान लिफ पछि लामो समयदेखि प्रतिक्षा गरिएको दोस्रो इलेक्ट्रिक कार हो।

जापानी अटोमेकरले सन् २०११ मा फूल इलेक्ट्रिक लिफ बजारमा ल्याएको थियो।

निसानले दोस्रो इलेक्ट्रिक कार बजारमा ल्याउन पटक पटक ढिलाइ भइरहेको छ। निसालने गत वर्ष डेलिभरी र मूल्य निर्धारणको घोषणा पनि गरेको थियो। तर यो फेरि ढिलाइ भएको थियो।

फेरि एक वर्ष पनि निसाले अरियाको लागि नयाँ मूल्य निधारण गरेको छ। तर यो पटक सन् २०२३ मोडलका लागि हो। यो पटक तोकिएकै समयमा डेलिभरी गर्ने निसानले वाचा गरेको छ।
रिजर्भेसन कार्यक्रmममा सहभागी भएका ग्राहकका लागि गत वर्ष घोषणा गरिएको मूल्य निर्धारणलाई सम्मान गर्ने निसानले बताएको छ।

कम्पनीले ठूलो ब्याट्री प्याक भेरियन्टले ३०३ माइलसम्मको रेञ्ज प्रदान गर्ने दाबी गरेको छ।

मूल्य सूची

स्रोत इलेक्ट्रिक

प्रकाशित: १३ आश्विन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार