
काठमाडौं ।
संयुक्त राज्य अमेरिकामा रोबोट डान्स मेला हुने भएको छ।
विश्वको पहिलो रोबोट सीईओले चीनको एक कम्पनीको व्यवस्थापन गर्ने भएसँगै अमेरिकाले रोबोट डान्सको माकटेक मेला गर्ने भएको हो।
अमेरिकी बिजनेश गु्रप फिनकम यूएसएले यही वर्ष सन् २०२२ कै अन्तिम महिना १ डिसेम्बरमा रोबोट डान्सिङ गर्न लागेको नेर्याहबर अन्तराष्ट्रिय समाचार संस्थाले जनाएको छ।
नयाँ वर्ष सन् २०२३ को आवगमनको लागि रातो कार्पेट बिच्छ्याउन हने व्यापारिक मेलामा ग्राहक आकर्षित गर्न रोबोट डान्स पनि राखिने आयोजकले जनाएको छ।
ठूलो प्रविधिसँगै टेक्नोलोजीहरूका साथमा देखिएका विकल्पमा यो नृत्यलाई प्राथमिकता दिइएको आयोजक फिनकम यूएसएलाई उद्दृत गर्दै नेर्याहबरले जनाएका छन्।
प्रकाशित: १२ आश्विन २०७९, बुधबार