कामना सेवाको कार्डमा इकमर्श सुविधा

  • Technology Khabar | १२ आश्विन २०७९, बुधबार
कामना सेवाको कार्डमा इकमर्श सुविधा

काठमाडौं ।

कामना सेवा विकास बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्ड सेवाग्राहीलाई सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने हेतुले डेबिट तथा क्रेडिट कार्डमा इकमर्श सुविधा समावेश गरेको छ।

कामना सेवा विकास बैंकका कार्ड सेवाग्राहीहरुले अनलाईन मार्फत सामान सरिद गरी आफ्नो इकमर्श सक्रिय डेबिट वा क्रेडिट कार्ड मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले मिति असोज १० गते सोमबार देखि यो सुविधा लागू गरेको हो ।

बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो कार्ड मार्फत यो सुविधा लिन आफ्नो नजिकैको शाखामा गई सजिलै सुविधा सुचारु गराउन सक्नेछन् । साथै, बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले चाडपर्वको अवसरमा इकमर्श सक्रिय कार्ड मार्फत सस्तो डिलमा अनलाईन किनमेल गर्दा २० प्रतिशत वा रु.  २०००/– सम्मको नगद छुटको लाभ लिन सक्नेछन्।

बैंकले डिजिटल कारोबारलाई प्रबर्धन गर्ने उद्देश्यले यो सुविधा ल्याएको हो। साथै, आगामी दिनहरुमासमेत अन्य सेवा सुविधाहरु थप गर्दै जाने बैंकको योजना रहेको जनाएको छ।

प्रकाशित: १२ आश्विन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...