बिजबजारको भव्य उत्सव योजना, निःशुल्क डेलिभरीदेखि ७८ प्रतिशतसम्म छुट

  • Technology Khabar | १२ आश्विन २०७९, बुधबार
बिजबजारको भव्य उत्सव योजना, निःशुल्क डेलिभरीदेखि ७८ प्रतिशतसम्म छुट

काठमाडौं ।

ई–कमर्स प्लेटफर्म बिजबजारले बडा दसैँ, दीपावली, नेपाल संवत्, ल्होसार, छठ लगायतका महान् चाडहरूलाई दृष्टिगत गर्दै “Bizbazar भव्य उत्सव” नामक योजना चाडबाडको उमङ्ग भव्य अफर्ससँग भन्ने नाराका साथ सञ्चालनमा ल्याएकाे छ।

यो योजना असोज १० गते घटस्थापना देखि कात्तिक १३ गते सम्म सञ्चालनमा रहने कुरा बिजबजारले जनाएको छ।

यो पटक कम्पनीले नेपाली ब्रान्डलाई पनि प्राथमिकतामा राखेको छ।  जसमा ‘हामी नेपाली’ भन्ने योजना अन्तर्गत ग्राहकले प्रत्येक नेपाली सामानकाे खरिदमा उपहार पनि पाउने छन्।  नेपाली उत्पादनको प्रयोग र बजारीकरणलाई प्रोत्साहन गर्न कम्पनीले यो योजना सार्वजनिक गरेको बताएकाे छ।

यो अफरअन्तर्गत सबै वर्गका सेवाग्राहीले विभिन्न क्याटोगरीका सामान खरिद गर्दा ७८ प्रतिशतसम्म छुटसहित विविध रोमाञ्चक र आकर्षक योजना तथा उपहार एवं बम्पर उपहारसमेत प्राप्त गर्न सक्नेछन्। कम्पनीले यस योजनाअन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ । जहाँ भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहार जित्ने मौका प्राप्त गर्नेछन् ।

यस योजना अन्तर्गत कम्पनीले तिन भाग्यशाली ग्राहकको लागि मेगा बम्पर उपहार को पनि व्यवस्था गरेको छ।  जसमा पहिलो उपहार एमआई ६५ इन्च अल्ट्रा ४के टिभी र एमआई साउण्डबार, दोस्रोमा रियलमी ९ प्रो प्लस ५जी, अनि तेस्रो उपहारमा सामसङ रेफ्रजेरेटर रहेको छ।  साथै काठमाडौँ  उपत्यकाका ग्राहकको लागि घटस्थापना देखि असाेज २३ गतेसम्म निःशुल्क होम डेलिभरीको सुविधा समेत रहेको कम्पनीले जनाएको छ।

कम्पनीले दसैँमा दस कोसेली अन्तर्गत ‘गेस द कोसेली’ भन्ने अफर पनि सँगै ल्याएको छ । कम्पनीका अनुसार, यसमा सहभागी हुनका लागि सुरुमा कम्पनीको आधिकारिक फेसबुक र इन्स्टाग्राममध्ये कुनै एकमा जानु पर्ने हुन्छ । त्यहाँ कम्पनीले सामानको बारेमा केही जानकारी दिएर अब त्यो सामान चिन्नुहोस् भन्ने आशय प्रस्तुत गर्दछ । ग्राहकले कम्पनीको वेबसाइटमा गएर त्यो सामान चिनेर त्यसको स्क्रिनशट सो प्रश्नको कमेन्ट बक्समा सेन्ट गर्नुपर्ने हुन्छ । उत्तर मिलाउनेमध्ये एक जनालाई कम्पनीले सोही सामान उपहार स्वरूप दिने जनाएको छ।

प्रकाशित: १२ आश्विन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...