आईफोन १४ को उत्पादन बढाउने एप्पलको योजना रद्द

  • Technology Khabar | १२ आश्विन २०७९, बुधबार
आईफोन १४ को उत्पादन बढाउने एप्पलको योजना रद्द

काठमाडौं ।

मागमा अपेक्षित वृद्धि पूरा हुन नसक्दा एप्पलले आफ्नो नयाँ आईफोनको उत्पादन बढाउने योजना रद्द गरेको छ।

यस विषयमा परिचित व्यक्तिहरूलाई उदृत गर्दै ब्लूमबर्गले उल्लेख गरेअनुसार कम्पनीले आपूर्तिकर्ताहरूलाई आईफोन १४ परिवारको एसेम्बलीमा यस वर्षको दोस्रो छ महिनामा ६० लाख युनिटहरू बढाउने प्रयासबाट पछि हट्न भनेको छ।

यसको सट्टा, कुपर्टिनो, क्यालिफोर्निया मुख्यालय भएको कम्पनीले यस अवधिको लागि ९ करोड ह्यान्डसेटहरू उत्पादन गर्ने लक्ष्य राख्नेछ, जुन लगभग एक वर्ष अघिको संख्या हो र यस गर्मीमा एप्पलको मूल पूर्वानुमान अनुरूप छ।

उच्च मूल्यको आईफोन १४ प्रो मोडेलहरूको माग एन्ट्री-लेभल संस्करणहरूको तुलनामा बलियो छ र कम्तिमा एक एप्पल आपूर्तिकर्ताले उत्पादन क्षमतालाई कम मूल्यका आईफोनहरूबाट प्रिमियम मोडेलहरूमा सार्दै गरेको ब्लूमबर्गले रिपोर्ट गरेको छ।

एप्पलले यसै हप्ता आईफोन १४ को निर्माण भारतमा सुरु गर्ने भनेको थियो।

प्रकाशित: १२ आश्विन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...