ट्विटर एकाउन्ट, ट्वीट ब्लक गर्ने भारत सरकारको आदेश विरुद्ध ट्विटरद्वारा मुद्दा दायर

  • Technology Khabar | १२ आश्विन २०७९, बुधबार
ट्विटर एकाउन्ट, ट्वीट ब्लक गर्ने भारत सरकारको आदेश विरुद्ध ट्विटरद्वारा मुद्दा दायर

काठमाडौं ।

माइक्रोब्लगिङ साइट ट्विटर भारत सरकारको विरुद्ध अदालत पुगेको छ। ट्विटर एकाउन्ट, ट्वीट ब्लक गर्ने भारत सरकारको आदेश विरुद्ध ट्विटर कर्नाटक उच्च अदालत पुगेको हो।

ट्विटरले अभिव्यक्ति स्वतन्त्रता हनन र ट्वीट हटाउने सरकारी आदेशलाई अदालतमा चुनौती दिएको हो।

ट्विटरले यस घटनाका सम्बन्धमा इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय विरुद्ध सेक्टेम्बर १ मा १०१ पना लामो निवेदन दायर गरेको छ।

अदालतमा ट्विटरका तर्फबाट मुद्दा लडिरहेका वरिष्ठ अधिवक्ता अरविन्द दतारले ट्विटरले भारतमा सरकारको सबै नियम पालना गरेको बताए। सरकारले ट्विटरलाई कारण नबताइ तथा प्रयोगकर्ताको जानकारी नदिइ एकाउन्ट तथा ट्वीट ब्लक तथा डिलीट गर्ने आदेश दिएको छ। जसबाट भारतमा ट्विटरको व्यावसाय प्रभावित भइरहेको छ। भारतका चर्चीत व्यक्तिको एकाउन्ट पनि ट्विटरमा रहेको छ।

भारतको राजधानी दिल्लीमा भएको किसान आन्दोलनको मिडियामा प्रसारण भएको खबर ट्वीट पनि ब्लक गर्न सरकारले आदेश दिएको अधिवक्ताले बताए। टिभी तथा प्रिन्ट मिडियामा प्रकाशित भइरहेको खबर ट्विटरमा सेयर गर्ने एकाउन्ट ब्लक गर्न किन भनिएको छ? उनले प्रश्न गरे। सरकारले यस प्रकारको ओदश जारी गर्नु भन्दा अघि ट्विटरलाई नोटिस जारी गरेर उसको पक्ष पनि सुन्ने पर्ने अदालतमा बताए।

ट्विटर आफै आपत्तिजनक ट्वीट फ्लैग गरिरहेको छ र आवश्यकताको आधारमा एकाउन्ट पनि ब्लगक गर्दै आएको छ। सरकारले ट्वीट ब्लक गर्ने आदेश दिएको ट्वीटमध्ये ५० देखि ६० प्रतिशत हानिकारक नभएको उनको दाबी छ। यस मुद्दाको सुनवाई अक्टोबर १७ मा हुने सम्भावना रहेको अमर उजालाले उल्लेख गरेको छ।

प्रकाशित: १२ आश्विन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...