Technology Khabar १२ आश्विन २०७९, बुधबार
काठमाडौं ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा नेपालमा इन्फ्रारेड स्टोभ (चुलो) साढे ५ करोड रुपैयाँभन्दा बढीको आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आवको भदौमसान्तसम्म नेपालमा
५ करोड ९ लाख ६९ हजार रुपैयाँ बराबरको २७ हजार ६८३ यूनिट इन्फ्रारेड चुलो आयात भएको हो।
गत आवको भदौमसान्तको तुलनामा इन्फ्रारेड चुलो साढे ४ गुणाले बढेको छ। गत आर्थिक वर्ष २०७८÷७९ भदौमसान्तमा १ करोड २८ लाख ३५ हजार रुपैयाँ बराबरको ५ हजार ७४८ यूनिट इन्फ्रारेड चुलो आयात भएको थियो।
गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्फ्रारेड चुलाको आयात ३ करोड ८१ लाख ३४ हजार रुपैयाँले बढेको छ।
चालु आवको साउनम सान्ससम्म १ करोड ७८ लाख ९३ हजार रुपैयाँ बराबरको ८ हजार ७१३ यूनिट इन्फ्रारेड चुलो आयात भएको थियो।
२०७२ सालको भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ तथा एलपीजी ग्यासको अभाव हुँदा नेपालमा इन्डक्सन चुलोको माग बढ्दो क्रममा छ।
इन्डक्सन चुलोको तुलनामा प्रयोग गर्न सजिलो तथा सुरक्षित हुने भएकाले पछिल्लो समय इन्फ्रारेड चुलोमा नेपाली गृहणीको आकर्षण बढ्दो छ।
प्रकाशित: १२ आश्विन २०७९, बुधबार