मंगलबार रातीदेखि निर्वाचन आचारसंहिता, सामाजिक सञ्जालमा यस्तो काम गर्न नपाइने

  • Technology Khabar | ११ आश्विन २०७९, मंगलवार
मंगलबार रातीदेखि निर्वाचन आचारसंहिता, सामाजिक सञ्जालमा यस्तो काम गर्न नपाइने

काठमाडौं ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि मंगलबार (आज) राती १२ बजेदेखि आचारसंहिता लागु हुने भएको छ। निवार्चनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आयोगले आचारसंहिता जारी गर्ने गरेको छ।

सूचना प्रविधिको विकास र इन्टरनेटको सहज पहुँचसँग निर्वाचनमा समाजिक सञ्चालनको प्रयोग बढ्दो छ। पछिल्लो समय सामाजिक सञ्जालबाट निर्वाचनको प्रचार गर्ने र प्रतिपक्ष उमेदवारको चरित्र हत्याका लागि पनि सामाजिक सञ्चालको प्रयोग हुने गरेको छ।

निर्वाचन आयोगले सामाजिक सञ्जालका माध्यमबाट निर्वाचनमा पर्ने सक्ने प्रतिकूल प्रभाव पार्ने नियुनिकरण गर्न आवश्यक विषय आचारसंहितामा राखेको छ।

निर्वाचन आचारसंहिता अनुसार सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन पाइने छैन। यस्तै, निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन पाउने छैनन्।

कुनै प्रयोजको लागि प्रकाशन वा प्रसार भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा सेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा गराउन पाइनेछैन।

निर्वाचन आचारसंहिता

निर्वाचन आचारसंहिता, २०७९

 

प्रकाशित: ११ आश्विन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...