
काठमाडौं ।
भारतीय विद्युतीय सवारी साधन कम्पनी ओला इलेक्ट्रिकले सीजी मोटर्ससँगको साझेदारीमा नेपालमा प्रवेश गरेको घोषणा गरेको छ।
एमओयू अन्तर्गत, ओला इलेक्ट्रिकले नेपालमा आफ्ना उत्कृष्ट ओला एस१ स्कुटर (एस१ र एस१ प्रो) लन्च गर्नेछ।
ओला एस१ स्कुटरहरू अर्को त्रैमासिकदेखि नेपालमा उपलब्ध हुनेछन्।
ओला इलेक्ट्रिकका ग्लोबल सेल्स र वितरणका प्रमुख वाई. एस. किमले प्रेस विज्ञप्ति मार्फत भनेका छन् “विश्वव्यापी रूपमा हाम्रो ईभी पहुँचलाई तीव्र पार्दै, हामी हाम्रा नेपाली ग्राहकहरूका लागि यी विशेषतायुक्त, उच्च प्रविधियुक्त, सेगमेन्ट-फर्स्ट स्कुटरहरू ल्याउन पाउँदा गर्व गर्छौं, भारतदेखि विश्वमा विद्युतीकरण निर्माण गर्ने हाम्रो ठूलो लक्ष्यमा निश्चित कदम चाल्दै, ओला एस१ स्कुटरहरू नेपालजस्ता जीवन्त बजारहरूमा पनि प्रवेश गरेको देख्न पाउँदा हामी उत्साहित छौं।”
सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले ओलासँगको साझेदारी सीजी मोटर्स र नेपालको इलेक्ट्रोनिक भेकल क्षेत्रका लागि महत्वपूर्ण कोसेढुङ्गा भएको बताए।
उनले भने,“ओला एस१को अत्याधुनिक टेक्नोलोजी र सुविधाहरू सहित विश्वकै उत्कृष्ट स्कुटर हो र हामी संयुक्त रूपमा यो उत्कृष्ट उत्पादनलाई विद्युतीय यात्रा गर्न चाहने नेपाली उपभोक्ताहरूसमक्ष पुर्याउछौं, हाम्रो राष्ट्रव्यापी बिक्री र समर्थन नेटवर्कद्वारा समर्थित हामी नेपालमा दुई पाङ्ग्रे सवारीको नम्बर १ ब्रान्ड बन्ने परिकल्पना गर्छौं।”
प्रकाशित: ११ आश्विन २०७९, मंगलवार