अमेरिकाको साइबर सुरक्षा प्रतियोगितामा नेपालीले भाग लिने

  • Technology Khabar | ११ आश्विन २०७९, मंगलवार
अमेरिकाको साइबर सुरक्षा प्रतियोगितामा नेपालीले भाग लिने

काठमाडौं ।

अमेरिकाको क्यालिफोर्नीया विश्वविद्यालयले गर्न लागेको साइबर सुरक्षा प्रतियोगिता नेपाली विद्यार्थीले भाग लिने भएका छन्।

पुल्चोक इन्जिनियरिङ कलेजका इलेक्ट्रोनिक इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीले भाग लिने छन्।

अन्तर्राष्ट्रिय प्रतियोगिता“आईटी कप २०२२” नामक प्रतियोगितामा विश्वभरका विद्यार्थीहरुसँग नेपालीले भाग लिन लागेकोले विद्यार्थी छनोट अर्को महिना अक्टुबरमा गरिने पुल्चोक इन्जिनियरिङ कलेजले जनाएको छ।

प्रतियोगिताको लागि अनलाइन दर्ता यहि आउने २०२२ नोभेम्बर ७ देखि २० नोभेम्बर २०२२ सम्म रहेको छ।

प्रतियोगिता १४ डिसेम्बर २०२२ मा अनलाइनबाट हुनेछ। प्रतियोगितामा प्रथम हुनेले १ हजार अमेरिकी डलर पाउनेछ।

दोस्रो र तेस्रो हुनेले नगद पुरस्कार नपाएपनि प्रथम हुनेसँगै CISSP, CISA, CISM, MOOC प्लेटफर्महरू मध्ये कुनै एउटामा व्यावसायिक पाठ्यक्रममा भाग लिन पाउनेछन्।

प्रकाशित: ११ आश्विन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार