भारतमा २४ घण्टामा बिक्यो १ हजार करोड भारुको सामसङ फोन

  • Technology Khabar | ११ आश्विन २०७९, मंगलवार
भारतमा २४ घण्टामा बिक्यो १ हजार करोड भारुको सामसङ फोन

काठमाडौं ।

सामसङले भारतमा फेस्टिवल सिजनको शुरुवात आक्रमक रुपमा गरेको छ। फेस्टिवल सिजनको पहिलो दिन १२ लाख युनिटभन्दा धेरै ग्यालेक्सी डिभाइस बिक्री गरेर भारतमा नयाँ रेकर्ड बनाएको सामसङको दाबी छ।

जागरणका अनुसार अमेजन र फ्लिपकार्टमा जारी फेस्टिवल सेलमा सामसङ ग्यालेक्सी स्मार्टफोनले ग्राहकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

सामसङका अनुसार २४ घण्टामा १ हजार करोड भारुभन्दा धेरैको ग्यालेक्सी डिभाइस बिक्री भएको छ। अमेजन र फ्लिपकार्टमा जारी सेलमा दिइएको आकर्षक अफरको कार पहिलो दिन ग्यालेक्सी सबैभन्दा धेरै माग भएको स्मार्टफोन बन्न पुगेको छ। अमेजन सेलको पहिलो दिन सामसङ नम्बर वान स्मार्टफोन ब्रान्ड बनेको कम्पनीको दाबी छ।

अमेजन सेलको पहिलो दिन ग्यालेक्सी एम१३ सर्वाधिक बिक्री हुने स्मार्टफोन बनेको छ। ग्यालेक्सी एम३२ प्राइभ एडिशन किकस्टार्टर डिलमा प्रयोगकर्ताको पहिलो आकर्षण बनेको छ। सामसङका अनुसार पहिलो दिन अमेजनमा सर्वाधिक बिक्री हुने फाइभजी स्मार्टफोनको रुपमा ग्यालेक्सी एम३३ रहन सफल भएको छ।

प्रकाशित: ११ आश्विन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार