कामना सेवा विकास बैंकका ग्राहकले फोनपे क्युआर गर्दा १० प्रतिशत छुट पाउने

  • Technology Khabar | १० आश्विन २०७९, सोमबार
कामना सेवा विकास बैंकका ग्राहकले फोनपे क्युआर गर्दा १० प्रतिशत छुट पाउने

काठमाडौं ।

कामना सेवा विकास बैंकले आफ्ना फोनपे क्युआर ग्राहकहरुको लागि चाडपर्व अफर ल्याएको छ। यो अफरअनुसार बैंकले आफ्ना फोनपे क्युआर ग्राहकहरुलाई असोज ९ गतेदेखि लागू हुने गरी डिजिटल भुक्तानीमार्फत आकर्षक छुट प्रदान गर्नेछ।

‘यस चाडपर्व लाइफ इजी बनाऔं, नगद छोडौं फानेपे गरौ’ भन्ने नाराका साथ क्युआर ग्राहकहरुले क्युआर प्रयोग गरी भुक्तानी गरेमा भुक्तानी रकमको १० प्रतिशत वा १०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।

साथै, फोनपेबाट क्युआर, आइबिएफटि तथा अनलाइन पेमेन्ट गर्दा ग्राहकहरुले हरेक दिन १ लाख जित्न सक्नेछन्। फोनपे कयुआरबाट भुक्तानी लिँदा व्यवसायीहरुले हरेक दिन स्मार्टफोन जित्न सक्नेछन् । ग्राहकहरुले यो लक्की ड्रमा सहभागी हुन फोनपे अफर एपमा गई फेस्टिभ च्यालेन्ज एक्सेप्ट गर्नु पर्ने जनाएको छ।

प्रकाशित: १० आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार