स्मार्ट बुक प्रविधिको शिक्षण अब्बल

  • Technology Khabar | १० आश्विन २०७९, सोमबार
स्मार्ट बुक प्रविधिको शिक्षण अब्बल

काठमाडौं ।

दोलखा जिल्लामै पहिलो पटक दोलखाको भीमेश्वर नगरपालिका–८ स्थित देवी माध्यमिक विद्यालयका तल्ला कक्षामा स्मार्ट बुक प्रविधिबाट सुरु गरिएको पठनपाठन अब्बल देखिएको छ।

यो प्रविधिबाट पढेका र अन्यसँग तुलना गर्दा सिकाइमा उनीहरू अब्बल देखिएका प्रधानाध्यापक किशोर दाहालले बताए।

उनका अनुसार विद्युतीय उपकरणबाट पढ्न, सुन्न र पढेका कुरा भिडियोका माध्यमले टीभीको पर्दामा हेर्न र सुन्न मिल्ने यो पुस्तक प्रविधिबाट शिशु कक्षाका दुई तहमा पठनपाठन भइरहेको छ। २०७५ सालमा सुरु गरिएकामा उनीहरू अहिले दुई कक्षामा पुगेका छन्। बाहिरबाट आएका भन्दा उनीहरूमा सिकाइ राम्रो देखिएको छ। जनशक्ति अभावले यो प्रविधि शिशु कक्षाका दुई तहभन्दा माथि लैजान सकिएको छैन।

विशेषखाले यो पुस्तकका प्रत्येक पृष्ठ आवाजसहितको दृश्य टेलिभिजनको पर्दामा देखाएर सिकाउन मिल्छ। आवश्यकताअनुसार धेरै पाठहरूको भिडियोसहित प्रस्तुत गर्न सकिन्छ। श्रव्य दृश्य सामग्रीका माध्यमबाट रोमाञ्चक तरिकाले प्रस्टसँग बोलेर, गाएर विद्यार्थीको सीप विकास हुन्छ। उनीहरूलाई सिकाइमा उत्प्रेरित गर्न सजिलो हुन्छ। नयाँ कुरा मोबाइलमा खिचेर पढाउन पनि सकिन्छ।

अहिले ईसीडीका दुई तहमा सुरु गरिएको छ। यो परीक्षण पनि हो। उपयोगी सिद्ध भए क्रमशः अन्य कक्षाहरूमा पनि विस्तार गरिने लक्ष्य भने अगाडि बढाउन नसकिएको उनले स्पष्ट पारे।

यो प्रविधि बोलाइ तथा लेखाइमा समस्या भएका शिक्षकका लागि पनि उपयोगी छ। उनले भने, ‘ल्यापटप, कम्प्युटरको पहुँच नभएका शिक्षकहरूका लागि पनि मोबाइलमार्फत नै सामग्री सङ्कलन र प्रदर्शन गर्न सकिने प्रविधि हो। टेलिभिजन मन पराउने बालबालिकालाई अभिभावकले टेलिभिजनमार्फत नै सिकाउन पनि सक्छन्।’

सफ्टवेयरसहितका दुईवटा स्मार्ट टिभी छन्। विद्यालयकै स्रोतबाट यसका लागि दुई लाख रुपियाँ लागत लागेको छ। ईसीडी दुई तहका लागि जनशक्ति पनि उपलब्ध छ। पढाइका अतिरिक्त एक/दुई घण्टा यो प्रविधिबाट शिक्षण गर्ने गरिएको प्रधानाध्यापक दाहालले बताए। गोरखापत्रबाट

प्रकाशित: १० आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार