दुई महिनामा नेपाल भित्रियो ५३ हजार यूनिट स्मार्टवाच

  • Technology Khabar | १० आश्विन २०७९, सोमबार

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा ५३ हजार ३४९ यूनिट स्मार्टवाच नेपाल भित्रिएको छ। भन्सार विभागको तथ्यांक अनुसार भदौसम्ममा ५३ हजार ३४९ यूनिट स्मार्टवाच नेपाल भित्रिएको हो।

उक्त संख्यामा स्मार्टवाच नेपाल भित्रिदा ७ करोड ३९ लाख ३ हजार रुपैयाँ बाहिरिएको छ। सरकारले ३ करोड ८९ लाख ६७ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।

चालु आवको पहिलो दुई महिनामा नेपालमा १२ मुलुकबाट स्मार्टवाच भित्रिने गरेको देखिन्छ।

नेपालमा सर्वाधिक स्मार्टवाच चीन र भारतबाट आयात हुने गरेको छ। चीनबाट ५ करोड ७३ लाख ८४ हजार रुपैयाँ बराबरको ४९ हजार ३७० युनिट स्मार्टवाच नेपाल भित्रिएको छ। भारतबाट ६७ लाख ७१ हजार रुपैयाँ बराबरको ३ हजार ६१० यूनिट स्मार्टवाच आयात भएको छ।

नेपालमा अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, न्यूजिल्याण्ड, फिलिपिन्स, पोर्टुगल, कतार, यूएई, अमेरिका र भेतनामबाट स्मार्टवाच आएको देखिन्छ।

प्रकाशित: १० आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया