ह्वावे नोभा १० एसई सार्वजनिक

  • Technology Khabar | १० आश्विन २०७९, सोमबार

काठमाडौं ।

ह्वावेले ह्वावे नोभा १० एसई सार्वजनिक गरेको छ। गिजचाइनाका अनुसार ह्वावे नोभा १० एसई दक्षिण अफ्रिकामा सार्वजनिक भएको हो।

ह्वावे नोभा १० सिरिज अन्तर्गतको ह्वावे नोभा १० एसई तेस्रो मोडल हो। भेनिला नोभा १० र प्रो भर्सन सेक्टेम्बरको शुरुवातमा सार्वजनिक गरिएको थियो।

नयाँ फोनमा ६.६७ इन्चको ओएलईडी डिस्प्ले छ। यसमा फूल एचडी प्लस रिजोल्यूसन, २०ः९ अस्पेक्ट रेसियो र ९० हर्ज रिफ्रेस छ।

फ्रन्टमा सेल्फी र भिडियो कलका लागि १६ मेगापिक्सलको क्यामरा दिइएको छ। पछाडि ट्रिपल क्यामरा छ। जसमा १०८ मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा वाइड सेन्सर र २ मेगापिक्सलको म्याक्रो लेन्स छ।

ह्वावे नोभा १० एसई ८ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध छ। ४५०० एमएएच ब्याट्रलिे ६६ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ। स्मार्टफोन एन्ड्रोइड १२ ओएसमा आधारित म्याजिक यूआईबाट सञ्चालन हुन्छ।

फोनले गुगल एप र सर्भिस सपोर्ट गर्दैन। कनेक्टीभिटीका लागि डुअल सिम, वाईफाई, ब्लुटूथ, जीपीएस र यूएसबी सी चार्जिङ पोर्ट छ।

प्रकाशित: १० आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया