काठमाडौं ।
नेपालमा चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो २ महिनामा ६ अर्ब रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को भदौसम्मको तथ्यांक अनुसार नेपालमा ६ अर्ब १८ करोड ८ लाख ९६ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ।
उक्त रकम बराबरको ४ लाख ३८ हजार ९८५ यूनिट स्मार्टफोन आयात भएको हो।
चीनबाट सबैभन्दा धेरै ४ अर्ब २४ कारोड १६ लाख ३८ हजार रुपैयाँ बराबरको ३ लाख ११ हजार ३९६ यूनिट स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। भारतबाट १ अर्ब ७९ करोड ८१ लाख २८ हजार रुपैयाँ बराबरको १ लाख २५ हजार ३२६ यूनिट स्मार्टफोन आयात भएको छ।
नेपालमा ३८ मुलुकबाट स्मार्टफोन आयात हुने गरेको छ।
नेपालमा सबैभन्दा धेरै स्मार्टफोन दुई छिमेकी मुलुक चीन र भारतबाट आयात हुने गरेको छ। यी दुई देशबाट मात्रै ६ अर्ब ३ करोड ९७ लाख ६७ हजार रुपैयाँ बराबरको ४ लाख ३६ हजार ७२२ यूनिट स्मार्टफोन आयात भएको छ।
बाँकी ३६ ओटा मुलुकबाट १४ करोड ११ लाख २९ हजार रुपैयाँ बराबरको २ हजार २६३ यूनिट स्मार्टफोन आयात भएको छ।
प्रकाशित: १० आश्विन २०७९, सोमबार