
काठमाडौं ।
नेपालमा अन्तर्राष्ट्रिय सूचना दिवस मनाइने भएको छ। राष्ट्रिय सूचना आयोगले असोज १२ गते बुधबार आर्टिफिसियल इन्टिलिजेन्स, इगभरनेन्स र एसेस टु इन्फमेसन भन्ने नारासहित अन्तर्राष्ट्रिय सूचना दिवस मनाउन लागेको हो।
नेपालको संविधानको धारा २७ मा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्नै र पाउने हकको व्यवस्था छ।
यस संवैधानिक हकको संरक्षण, सम्बद्र्धन र प्रचलनका लागि सूचनाको हक सम्बन्धी ऐन २०६४ मा व्यवस्था भए अनुसार सूचनाको हकको संरक्षण सम्बद्र्धन र प्रचलनका लागि राष्ट्रिय सूचना आयोगले काम गरिरहेको छ।
प्रकाशित: ९ आश्विन २०७९, आईतवार